सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • २५ वर्षमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य

२५ वर्षमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य

5925
Shares
२५ वर्षमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य

काठमाडौं, माघ २०ः राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले यस्तो अवधारणापत्र पारित गरेको हो ।

आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक हासिल गर्न सबै पक्षले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको समृद्धि र सुखको आकांक्षा सम्बोधन हुनेगरी योजना तर्जुमा गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।

आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले आयोगको पूर्ण बैठकमा यस्तो अवधारणा पारित भएको जानकारी दिए । उनका अनुसार अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रूपमा समेत नेपाललाई रूपान्तरण गर्ने लक्ष्य राखेको हो ।

आयोगले अवधारणापत्रमा संविधानको भावना, राजनीतिक दलको घोषणापत्रमा उल्लेख भएका दीर्घकालीन सोच र योजनाको कार्यान्वयनमा जोड दिनेसमेत सो अवधारणापत्रमा उल्लेख गरेको छ । यसले तीव्र आर्थिक वृद्धि, स्थायित्वका माध्यमबाट विकासशील र मध्यम आय भएको राष्ट्र हुँदै दीगो विकास लक्ष्य प्राप्त हुनुका साथै समुन्नत राष्ट्रमा रूपान्तरण हुनेसमेत उल्लेख गरेको छ ।

यस अवधारणापत्र अनुसार नेपाल आगामी २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । त्यस समयसम्म प्रतिव्यक्ति आय भने १४ सय डलर पु¥याउने लक्ष्य छ । यो लक्ष्य भने निकै चुनौतीपूर्ण हुनेछ । किनकि अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर मात्र रहेको छ । सरकारले सन् २०२१ मा भने उच्च आय भएको मुलुकमा रूपान्तरण हुने बताएको छ । त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुग्ने भएको छ ।

वर्तमान सरकार आएसँगै सबैभन्दा बढी घन्काइएको नारा हो । समृद्ध नेपाल, सुखी नेपाली । तर, यसको लक्ष्य भेटाउन भने कम्तीमा पाँच आवधिक योजना अर्थात २५ वर्ष कुर्नुपर्नेछ । योजना आयोगका अनुसार यो लक्ष्य प्राप्तमा तीन चरणको विकास अवधि तोकिएको छ । चालू १५औं योजनाले समृद्धि र सुखको आधार बनाउने भएको छ । १६औं र १७औं आवधिक योजनाले समृद्धि र सुखलाई तीव्रता दिने बताइएको छ । सो अवधिमा दीगो विकासका लक्ष्यसमेत प्राप्ति भइसक्ने प्रक्षेपण आयोगको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

5925
Shares

ट्रेन्डिङ