सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध

म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध

4405
Shares
म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कु’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सूचीसिहत जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन् ।

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साताभित्र गरिसक्ने पनि बाइडनले बताएका छन् ।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चाल्न लागिएको जनाइएको छ ।

‘कु’ पछि म्यानमारमा सैनिक सत्ताविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । तर, प्रदर्शनकारीलाई सैनिकले दमन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरिरहेका छन् ।

मङ्गलवार गोली लागेर घाइते भएकी एक महिलाको राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा उपचार भइरहेको छ ।

म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् ।

नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । एजेन्सी

4405
Shares

ट्रेन्डिङ