होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • पोखरा–सेतीवेणी–रिडी साइकल लेनसहितको वैकल्पिक राजमार्गको कालोपत्रे शुरु

पोखरा–सेतीवेणी–रिडी साइकल लेनसहितको वैकल्पिक राजमार्गको कालोपत्रे शुरु

पोखरा–सेतीवेणी–रिडी साइकल लेनसहितको वैकल्पिक राजमार्गको कालोपत्रे शुरु

पर्वत, माघ २९ः पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु भएको छ । वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका–५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्रे शुरु भएको हो ।

सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे । यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डिपिआर तयार गरिएको छ ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो । सडकको अधिकांश भागमा ट्र्याक ओपनसमेत भइसकेका कारण यसको स्तरोन्नति र कालोपत्रे गर्ने काम शुरु भएपछि डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरूप लिने भएको छ । सङ्घीय सरकारले यस वर्ष उक्त सडकका लागि तीन करोड विनियोजन गरेको छ । यसमा पर्वतका महाशिला गाउँपालिकाले दुई करोड ७२ लाख थप गरेको छ । यस वर्ष सडकखण्डअन्तर्गत महाशिलाको मिलनचोक र कास्कीको पामेबाट स्तरोन्नति र कालोपत्रेको काम शुरु गरिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बताए । यो साइकल लेनसहितको नमूना सडक हो ।

यो सडक पोखराको लेकसाइडबाट शुरु भई–पामे–भदौरे हुँदै पर्वतको राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–त्रिवेणी–सेतीवेणीबाट गुल्मीको रिडीसम्म पुग्नेछ । सडकमा पुलसमेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्भर्ट बनाए पुग्ने देखिएको सडक विभागले जनाएको छ । यो सडकमा पोखरादेखि सेतीवेणीसम्मै सडकसहित साइकल लेनसमेत बनाउने तयारी भएकाले सरर साइकलमै पोखराबाट सेतीवेणी पुग्न सकिने भएको छ । पर्यटकीय गन्तव्य जोड्ने सडकमा साइकल लेनसमेत निर्माण हुने भएकाले मुलुककै नमूना सडक बन्ने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बताए ।

अध्यक्ष तिमिल्सिनाले रिडीदेखि पोखरासम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । विसं २०७० को संविधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उम्मेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गरेका थिए भने राष्ट्रियसभा अध्यक्ष भएपछि गृहजिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने बताउँदै आएका थिए ।

“डाँडैडाँडा सेतीवेणीदेखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० वर्ष पुरानो योजना भएकाले कालोपत्रे सडकमा सरर सेतीवेणी पोखरा पुर्याउने योजनाले मूर्तरूप लिँदा जिल्लावासीसँगै म पनि खुशी छु”, उनले भने, “समयमा नै निर्माणको काम सक्नु अबको चुनौती हो ।” सेतीवेणीदेखि पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालीग्राम, महाशिला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्न सकिने छ । पर्वतको सुदूरदक्षिणबाट मध्यभाग हुँदै उत्तरपूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्डसमेत बन्ने छ । रासस

 

ट्रेन्डिङ