सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेल काभ्रेकै पहिलो बालमैत्री नगरपालिका घोषणा

धुलिखेल काभ्रेकै पहिलो बालमैत्री नगरपालिका घोषणा

10050
Shares
धुलिखेल काभ्रेकै पहिलो बालमैत्री नगरपालिका घोषणा

धुलिखेल : धुलिखेल नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ ।धुलिखेल नेपालको छैठौँ, वागमती प्रदेशको तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएको हो ।

नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसर पारेर आज नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको छ ।

बालमैत्री नगरपालिका बनाउनको लागि नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले पनि सहयोग गरेको थियो । नगरपालिकालाई बालमैत्री बनाउन पछिल्लो समय बालमैत्री स्थानीय शासन अन्तर्गतका ३९ सुचक मापन कार्यलाई तिव्रता दिइएको थियो ।

नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि सबै वडामा बाल मैत्री संरचना र उद्यान निर्माण गरेको छ । नगरपालिकालाई बालमैत्री बनाउन सुरु गरिएको ४ बर्ष पछि मात्र सफल भइएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतम बताउनुहुन्छ ।

 

 

10050
Shares

ट्रेन्डिङ