सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको तेमाल सस्र्यूंखर्कमा निःशुल्क स्वास्थ्य शिविर हुदै

काभ्रेको तेमाल सस्र्यूंखर्कमा निःशुल्क स्वास्थ्य शिविर हुदै

9885
Shares
काभ्रेको तेमाल सस्र्यूंखर्कमा निःशुल्क स्वास्थ्य शिविर हुदै

काभ्रे : तेमाल–७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै काभ्रेको तेमाल गाउँपालिका १ नं. वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यहि फागुन २२ गते वडाभित्रका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण कार्यक्रम हुने वडाध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

“वडा समितिले निर्णय गरेर शिविरको आवश्यक तयारी गरिरहेका छौं ।”,वडाध्यक्ष श्रेष्ठले भन्नुभयो–“तेमाल गाउँपालिका स्वास्थ्य शाखा,स्थानीय स्वास्थ्य ईकाईसँगको समन्वयमा धुलिखेल अस्पताल र मेथिन्कोट अस्पतालका दक्ष तथा अनुभवि चिकित्सकहरुद्धारा यस वडाभित्रका जेष्ठ नागरिकहरुको सबै खालका रोगहरुको परिक्षण र परामर्श गरिनुका साथै औषधी पनि वितरण गर्नेछौं ।”

सामुदायिक स्वास्थ्य ईकाई सस्र्यूंखर्कमा हुने शिविरमा जान आउन निःशुल्क गाडीको व्यवस्था गरिएको छ । शिविरमा आउँदा वृद्धभत्ता कार्ड वा नागरिकताको प्रमाणपत्र लिएर आउन पनि सूचित गरिएको छ ।

“यो उमेरमा वृद्धवृद्धहरुलाई विशेष माया,स्याहार आवश्यक हुन्छ ।” वडाध्यक्ष श्रेष्ठको भनाई छ–“उहाँहरु हाम्रा मार्गदर्शक हुनुहुन्छ,उहाँहरुको सम्मान स्वरुप पनि यो कार्यक्रम आयोजना गर्न लागेका हौं ।” वडाध्यक्ष श्रेष्ठका अनुसार वडा नं. १ भित्र १६० जना ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक छन् ।

9885
Shares

ट्रेन्डिङ