सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुन उमेरमा कति घण्टा सुत्दाँ स्वास्थ्य रहन सकिन्छ ?

कुन उमेरमा कति घण्टा सुत्दाँ स्वास्थ्य रहन सकिन्छ ?

7205
Shares
कुन उमेरमा कति घण्टा सुत्दाँ स्वास्थ्य रहन सकिन्छ ?

एजेन्सी । पौष्टिक आहारका साथसाथै मानिस स्वास्थ्य रहनका लागि पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल मानिसहरु विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । जसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् । अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ ।

–शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

–चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ ।

–एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ ।

–तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ ।

–६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ ।

–चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।

–अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ ।

–पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ ।

7205
Shares

ट्रेन्डिङ