सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नमोबुद्ध नगरलाई एम्बुलेन्स हस्तान्तरण

नमोबुद्ध नगरलाई एम्बुलेन्स हस्तान्तरण

5430
Shares
नमोबुद्ध नगरलाई एम्बुलेन्स हस्तान्तरण

काभ्रे: नमोबुद्ध नगरपालिकाका लागि सुविधासम्पन्न एम्बुलेन्स प्राप्त भएको छ । बेन चोङ एण्ड फ्रेण्डस म्याजिकल लाइट र किमोलुङ फाउण्डेशन नेपालले सहयोगस्वरुप उपलव्ध गराएको एम्बुलेन्स सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । उक्त एम्बुलेन्स १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त एम्बुलेन्स नमोबुद्ध नगरपालिकाले फेन्दे फाउण्डेशन नेपाल अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. १ मा सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकलाई प्रदान गर्नेछ । क्लिनिकले नमोबुद्ध नगरपालिकाका दाप्चा भेगका सर्वसाधारणका लागि लक्षित गर्दै एम्बुलेन्स सञ्चालन गर्नेछ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरबासीको स्वास्थ्य सेवामा किमोलुङ फाउण्डेशनसहितका दातृ संस्था तथा वाङचुक राप्तेन लामालाई सम्मान गरेका थिए । तिमल्सिनाले विगतदेखि नै नगरबासीको स्वास्थ्य सेवामा वाङचुक राप्तेन लामा, फेन्दे क्लिनक लगायतले पु¥याएको योगदान अविश्मरणीय रहेको र आगामी दिनमा पनि सहयोग जारी रहने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले आफू केही समय नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवामा सक्रिय रहेको र नगरबासी महिलाहरुको स्वास्थ्य समस्यालाई नजिकैबाट नियालेका कारण उनीहरुको सेवाका लागि एम्बुलेन्स सहयोग गरेको बताए ।

कोभिड महामारीको समयमा राहत वितरण लगायतका कार्यमा समेत सहयोग गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि नमोबुद्ध नगरबासीका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा फेन्दे फाउण्डेशनका केम्पो चोङजीले एम्बुलेन्स सहयोग उपलव्ध गराएकोमा सहयोगी दाताहरुप्रति आभार प्रकट गरेका थिए ।

5430
Shares

ट्रेन्डिङ