सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तेमाल सर्स्यूंखर्कमा १ सय जनाले लगाए कोभिड विरुद्धको खोप

तेमाल सर्स्यूंखर्कमा १ सय जनाले लगाए कोभिड विरुद्धको खोप

9155
Shares
तेमाल सर्स्यूंखर्कमा १ सय जनाले लगाए कोभिड विरुद्धको खोप

काभ्रे : काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सर्स्यूंखर्कमा १ सय जनाले कोभिड-१९ रोग विरुद्धको खोप लगाएका छन् । स्थानीय सामुदायिक स्वास्थ्य इकाई खोप केन्द्रमा शनिबार ६५ वर्ष माथिका ५० जना महिला र ५० जना पुरुष जेष्ठ नागरिकहरुले खोप लिएको स्वास्थ्य इकाई प्रमुख लोकनाथ (राजु) चिमौरियाले जानकारी दिनुभयो ।

खोप लिन आउन र जान सहज होस् भन्ने हेतुले निशुल्क गाडीको व्यवस्था समेत गरिएको वडाध्यक्ष मानबहादुर श्रेष्ठले बताउनुभयो । खोप अभियान लिएर तेमाल गाँउ पालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठक नेतृत्वको स्वास्थ्य कर्मी टोलि सामुदायिक स्वास्थ्य इकाई खोप केन्द्रमा आएको थियो ।

खोप कार्यक्रमममा स्वास्थ्य इकाईका प्रमुख चिमौरिया, विष्णु वली,रोष्मा पन्त, रश्मि थपलिया,मिलन पाण्डेका साथै स्वास्थ्य स्वयं सेविकाहरु खटेका थिए । कार्यक्रम सहजिकरणमा रामप्रसाद पाण्डे,शेरबहादुर मगर,कान्छामान तामाङ लगायतका शिक्षकहरुको सक्रियता थियो ।

दोस्रो चरणको खोप अभियान तेमाल गाउँपालिकामा आइतबार वडा नं.५ गिम्दी र सोमबार वडा नं.७ चापाखोरीमा पुगेर समापन हुने स्वास्थ्य संयोजक पाठकले जानकारी दिनुभयो ।

9155
Shares

ट्रेन्डिङ