सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालमा मृ’त्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि

धुलिखेल अस्पतालमा मृ’त्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि

6535
Shares
धुलिखेल अस्पतालमा मृ’त्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि

काभ्रे : निमोनियालगायतका समस्या देखिएर धुलिखेल अस्पताल भर्ना भएका दोलखाका एक जनाको मृ’त्यु भएको छ । मृ’त्युपछि गरिएको स्वा’ब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए ।

चैत ११ गते साँझ अस्पताल ल्याइएका दोलखाको विगु गाउँपालिकाका ६२ वर्षीय ती पुरुषको चैत १२ गते दिउँसो मृ’त्यु भएको थियो । शं’काका आधारमा परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. श्रेष्ठले बताए । शुक्रबार नेपाली सेनाको कालीजंग गणले मृ’तकको अन्त्येष्टि गरेको छ ।

यसअघि काभ्रेमा जिल्लाका ४५ जना र अन्य जिल्लाका १७ गरी ६२ जनाको मृ’त्यु भएको थियो । हाल सक्रिय संक्रमित रहेका ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी दिए ।

बिहीबारसम्म ३ हजार ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । काभ्रेमा पहिलो प्राथमिकतामा परेका समूहका २३ हजार ६ सय ३५ जनालाई दुई चरणमा कोरोना संक्रमणविरुद्धको खोप लगाइसकिएको छ ।कान्तिपुर बाट

6535
Shares

ट्रेन्डिङ