सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेका ५७ हजार पाँच सय ९५ जना भूकम्प प्रभावितले घर निमार्ण कार्य सके

काभ्रेका ५७ हजार पाँच सय ९५ जना भूकम्प प्रभावितले घर निमार्ण कार्य सके

8665
Shares
काभ्रेका ५७ हजार पाँच सय ९५ जना भूकम्प प्रभावितले घर निमार्ण कार्य सके

काभ्रे : २०७२ सालको भुकम्प पछि निजि आवाज पुन निमार्णको लाभग्राही सूचिमा परेका काभ्रेको भुकमप प्रभावित मध्ये हाल सम्म ५७ हजार पाँच सय ९५ जनाले निमार्ण कार्य सम्पन्न गरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेका अनुसार २०७२ सालको भूकम्पले जिल्लाका ९८ हजार १९ घर क्षति भएपनी ७८ हजार आठ सय ८९ घरपरिवारको पहिचान भएको थियो । पहिचान भएका घरपरिवार मध्ये झन्डै चार हजार कमले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा ७४ हजार नौ सय ३० जना लाभग्राहीले पहिलो किस्ता लिएका थिए ।

यस्तै पहिलो किस्ता लिएकामध्ये ६३ हजार ६ सय ८७ जनाले घरको जग हालेर दोस्रो किस्ता पनी लिएका थिए । पहिलो किस्ता लिने भन्दा,दोस्रो किस्ता लिनेको संख्या कम भएको छ । तउो भन्दा पनी तेस्रो किस्ता लिनेको संख्या अझ कम रहेको कार्यालयका निमित्त प्रमुख रामप्रसाद ख्याजूले जानकारी दिनुभयो । हाल सम्म जिल्लामा घर निर्माण कार्य सम्पन्न गरी ५७ हजार पाँच सय ९५ लाभगा्रहीले तेस्रो किस्ता लिएका छन् ।

8665
Shares

ट्रेन्डिङ