सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रेडक्रस उपशाखा टुकुचाको सभा सम्पन्न

रेडक्रस उपशाखा टुकुचाको सभा सम्पन्न

4840
Shares
रेडक्रस उपशाखा टुकुचाको सभा सम्पन्न

काभ्रे : नेपाल रेडक्रस सोसाईटी टुकुचा उपशाखा, बनेपा २ को उपशाखा सभा काभ्रे जिल्ला शाखाका संयोजक श्री समुन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा श्री श्वेत वराह मा वि बनेपा २, घिमिरेगाउँमा सम्पन्न भएको छ। सो कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शाखाका कार्य समिति सदस्य विदुर प्रसाद घिमिरे, कमल प्रसाद घिमिरे, बनेपा २ का वडाध्यक्ष हरिशरण घिमिरे तथा अतिथि पुर्व उपशाखा सभापति राम प्रसाद घिमिरे तथा जिल्ला शाखाका कार्यालय प्रमुख त्रिरत्न राजवाहक को आतिथ्यतामा टुकुचा उपशाखाका सभापति राजकुमार घिमिरेको सभापतित्वमा उद्घाटन सत्र र बन्द सत्र गरि २ चरणमा सञ्चालन गरिएको थियो ।

राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा उपशाखा कोषाध्यक्ष आत्माराम दुलालले उपशाखा प्रतिवेदन सहित आर्थिक विवरण प्रस्तुत गर्नु भयो।
शुभकामना मन्तव्य राख्दै टुकुचा उपशाखाका पुर्व सभापति राम प्रसाद घिमिरेले रेडक्रसले विगतमा गरेका विभिन्न कार्यहरुको बारे चर्चा परिचर्चा गर्नुभयो भने जिल्ला सदस्य विदुर प्रसाद घिमिरेले केन्द्रीय तह, जिल्ला तहमा भए गरेका विभिन्न मानवीय कार्हरु बारे बताउनु भयो।

जनप्रतिनिधि वडाध्यक्ष हरिशरण घिमिरेले विपद पर्दा सबैले रेडक्रस सम्झने गरेको आफुलाई लागेको र वडा मार्फत पनि विपद परेको बेला उपशाखा तथा शाखामा समन्वय गर्ने भुमिका खेलेको कुराहरु गर्नुहुँदै जिल्ला शाखाका संयोजक समुन्द्रलाल श्रेष्ठको विगतकालको ईतिहास र वर्तमान असहज परिस्थितिको नेतृत्वदायी भुमिकाको चर्चा गर्नुभयो।

प्रमुख अतिथि जिल्ला शाखा संयोजकले विगतमा आफुले लामो समय जिल्ला शाखामा गरेको नेतृत्वदायी भुमिकाको फलस्वरूप नै अहिलेको तदर्थ कार्यसमितिमा १२ बर्षपछि पनि पुनः केन्द्रीय कार्य समितिले मनोनित गरि जिम्मेवारी सुम्पेकोले आफुले कर्तव्य निर्वाह गर्दै जान र समयले त्यसको मुल्यांकन गर्ने प्रेरणादायी भाईहरु आजीवन सदस्यहरु माझ राख्नुभयो।

कार्यक्रम का सभापति राजकुमार घिमिरेले उपस्थित प्रमुख अतिथि तथा आजीवन सदस्यहरुलाई धन्यवाद दिदै केन्द्रीय रेडक्रसले संशोधन गर्न लागेको रेडक्रस विधानले उपशाखाहरु पालिका शाखामा लाने गरि भैरहेको तयारीले वडा स्तरमा पाईरहेका सेवाहरु गुम्ने त हैनन भनी बढि चासो सहभागीहरुले राख्नुभएको थियो।

बन्द सत्रको छलफलमा आजीवन सदस्यहरुको सकृय सहभागिता रहेको थियो भने उपशाखा सँग संबन्धित विभिन्न विषयमा छलफल गर्दै उपशाखा प्रतिवेदन पारित गरिएको थियो। कार्यक्रम सञ्चालन उपशाखा सचिव परशुराम दाहालले गर्नुभएको थियो ।

4840
Shares

ट्रेन्डिङ