सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा २३ हजार ९ सय ५ जनाले कोरोना भाईरस बिरुद्धको खोप लगाए

काभ्रेमा २३ हजार ९ सय ५ जनाले कोरोना भाईरस बिरुद्धको खोप लगाए

5885
Shares
काभ्रेमा २३ हजार ९ सय ५ जनाले कोरोना भाईरस बिरुद्धको खोप लगाए

काभ्रे : काभ्रेमा कोरोना भाईरस बिरुद्धको खोप २३ हजार ९ सय ५ जनाले लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको बिवरण अनुसार जिल्लामा पहिलो र दोस्रो चरणमा गरि २३ हजार ९ सय ५ जनाले खोप लगाएका हुन् ।

पहिलो चरणको खोप अभियानमा ६ हजार ७ सय ९९ जनाले खोप लागाएका थिए । दोस्रो चरणमा हालसम्म १७ हजार १ सय ६ जनाले खोप लगाएका कार्यालयले जानाएको छ । जिल्लामा नयाँ संक्रमित भने थपिएका छैनन् ।

हाल ३ जना महिला र ४ जना पुरुष गरि ७ जना सक्रिय संक्रमित रहेको छन् । उनीहरु सबैजना होम आइसोलेसनमा छन् । जिल्लामा हाल सम्म ३ हजार ३ सय ७७ जनामा भाईसको संक्रमण पुष्टि भईसकेको छ भने भाईरसका कारण ६३ जनाको ज्यान गईसकेको छ । ति मध्ये ४५ जान जिल्लाका र १८ जना अन्य जिल्लाका हुन् ।

5885
Shares

ट्रेन्डिङ