सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चौंरीदेउराली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रभा माविलाई

चौंरीदेउराली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रभा माविलाई

7165
Shares
चौंरीदेउराली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रभा माविलाई

काभ्रे । काभ्रे जिल्लाको चौंरीदेउरालीमा भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को शिल्ड वडा नं. ६ मा रहेको प्रभा माविले हात पार्न सफल भएको छ । चैत्र ११ गतेदेखि १४ गतेसम्म भएको प्रतियोगितामा प्रभा माविले स्वर्ण पदक ८, रजत पदक ३ र कास्य पदक ४ गरी १५ पदक हात पार्न सफल भाएपछि राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टमा पार्न सफ भएको हो ।

त्यसैगरि द्वितिय भने वडा नं. ३ मा रहेको बुद्ध हिमालय मावि भएको छ । उक्त विद्यालयले स्वर्ण पदक ५, रजत पदक ५ र कास्य पदक ५ प्राप्त गर्न सफल भएको थियो । त्यस्तै तृतिय पुरस्कार सिर्जनाशिल जनता माविले प्राप्त गरेको थियो । सो विद्यालयले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक हातपार्न सफल भएको थियो ।

समापन कार्यक्रमको उद्घाट वागमती प्रदेश सभा सदस्य रत्न ढकालले गरेका थिए । विशेष अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष दिननाथ गौतम र सांसद ढकाल भलिवलमा सहभागी भई ३ चरण सम्म खेलेर फाइनल भलिवल प्रतियोगिताको उद्घाटन भएको थियो ।

कार्यक्रमलाई सम्बोध गर्दै सांसद ढकालले चौंरीदेउरालीले हिजो भन्दा आज गरेको प्रगति निक्कै प्रसंशायोग्य रहेको बताए । भोलीका दिनको लागि आजको खेलले सबैलाई एउटा हौसला प्रदान गरेको बताउँदै ढकालले गाउँपालिकामा सबै विधामा आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउन प्रयत्न गरेकोमा सबै विद्यालयलाई धन्यवाद समेत दिए ।

त्यसैगरि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले सबै खेलमा उत्कृष्टता हासिल गरेका खेलाडी विद्यार्थीहरु र विद्यालयहरुलाई बधाई ज्ञापन गरे । गाउँपालिकाका विद्यार्थीहरुमा भएको प्रतिभा प्रतिस्पर्धाबाट प्रष्फूटन गर्न सफल भएकोमा अध्यक्ष गौतमले खुशी व्यक्त गरे । जिल्ला स्तरमा हुने प्रतियोगितामा अनिवार्य उपस्थितिको लागि समेत उनले अनुरोध गरे । ‘आज हामी यहाँ आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका छौं ।

हामी प्रतिस्पर्धामा पुगेका छौं । जिल्ला स्तरीय प्रतियोगिता हुँदैछ ।’ अध्यक्ष गौतमले भने, ‘विजेताहरु जिल्लाको प्रतिस्र्धी भएर त्यहाँ पनि श्रेष्ठता हासिल गरेर फर्किनु हुनेछ । अब चाँडै जिल्ला स्तरमा पनि प्रतिस्पर्धा हुँदै छ, आफ्ना विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहभागी गराउनुहुन म अनुरोध गर्दछु ।’

कुन माविले कति पदक ?
प्रतियोगितामा सूर्यदय माविले रजत २, खाँडादेवी माविले स्वर्ण १, बुद्ध हिमालय माविले स्वर्ण ५, रजत ५ र कास्य ५, सरस्वती माविले स्वर्ण २, रजत ३ र कास्य ५, जागृति माविले स्वर्ण २, रजत ५ र कास्य ७, अरनिको माविले रजत १, प्रभा माविले स्वर्ण ८, रजत ३ र कस्य ४, सिर्जनाशिल जनता माविले स्वर्ण ५, रजत ३ र कास्य १, देउराली माविले स्वर्ण १, रजत २ र कास्य २ हातपार्न सफल भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ वटा खेल विधामा छात्र–छात्रा गरि २४ वटा टिमले भाग लिएको थियो । सो प्रतियोगितामा ३ सय १६ जना विद्यार्थीले भाग लिएका थिए ।

त्यसैगगरि प्रतियोगितामा विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत २३ वटा विद्यालयका ४६ जना विद्यार्थीले भाग लिएका थिए । सो क्रममा १५ वटा विद्यालयले नृत्य र १० वटा विद्यालयले गायनमा भाग लिएको थियो । प्रतियोगिताको उद्घाटन संघीय सांसद गंगाबहादुर तामाङ –बमध्वज)ले गरेका थिए ।

समापन कार्यक्रममा संविधान सभा सदस्य रेणुका चौंलागाईं, उपाध्यक्ष ताराकुमारी चौंलागाईं, प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङ, वडा नं. ७ का वडा अध्यक्ष वीरबल तामाङ, वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, नेकपा एमालेका युवा नेता दिपक गौतम लगायतका सहभागी रहेका थिए ।

 

7165
Shares

ट्रेन्डिङ