सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पत्रकार महासंघ काभ्रेमा बद्रीराज तिमल्सिना विजयी

पत्रकार महासंघ काभ्रेमा बद्रीराज तिमल्सिना विजयी

7620
Shares
पत्रकार महासंघ काभ्रेमा बद्रीराज तिमल्सिना विजयी

काभ्रे : बुधवार भएको पत्रकार महासंघको निर्वाचनमा काभ्रे जिल्लाबाट बद्रिराज तिमल्सिना विजयी भएका छन् । प्रेस युनियनका बद्रिराज तिमल्सिना अध्यक्ष पदमा विजयी भएका छन् । प्रेस चौतारीका अध्यक्ष उम्मेदवार नवराज वजगाँईलाई १७ मत अन्तरले पछि पार्दै तिमल्सिना विजयी भएका हुन् । तिमल्सिना यस सबैको समाचार डट कमका सल्लाकार समेत हुन् ।

यस्तै उपाध्यक्षमा विनोद कुमार न्यौपाने विजयी भएका छन् भने सबैको समाचार डटको प्रधान सम्पादक सुनिता सापकोटा महिला उपाध्यक्षमा बिजयी भएकी छिन् ।

सचिवमा कपिल कोईरला, सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल, कोषाध्यक्षमा केदार तिमल्सिना विजयी भएका छन् ।यस्तै सदस्यहरूमा अशोक महत, देवराज केसि, मोहनकृष्ण, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया र शिवप्रसाद पन्त छन् ।

7620
Shares

ट्रेन्डिङ