होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • साहित्यकार हरि मञ्जुश्रीलाई मोति महोत्सवमा “शब्द सारथी” को उपाधि

साहित्यकार हरि मञ्जुश्रीलाई मोति महोत्सवमा “शब्द सारथी” को उपाधि

साहित्यकार हरि मञ्जुश्रीलाई मोति महोत्सवमा “शब्द सारथी” को उपाधि

चैत २८, काभ्रे । साहित्यकार तथा भाषासेवी हरिमञ्जु श्रीलाई एक कार्यक्रमका बिच ६० वर्ष उमेर पुगेको अवसरमा मोति महोत्सव गरी शनिबार मनाईएको छ । लिला–मध्यमार्ग अक्षयकोष शब्दयात्रा प्रकाशन, गुरुकुल पाठशाला, नैमिषारण्य, मानव अधिकार संगठन काभ्रे लगायत पाँच दर्जनभन्दा बढि संघ संस्थाहरुले अभिवन्दनापत्र प्रदान गरी सम्मान गरेका थिए ।

मोति महोत्सव मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा मञ्जु श्रीलाई प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्राडा भोलाले ६ फिटको ताम्रापत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य मूल समारोह समितिका सदस्य चन्द्रबहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष समाजसेवी भरत जंगमले गर्नुभएको थियो ।

सोही अवसरमा हरिमञ्जु श्रीबाट लेखन पुस्तक शब्दकला नायक पुस्तकको काठमाडौं विश्वविद्यालयका उपमूलपति डा.भोला थापा, संस्थापक उपमकुलपति सुरेशराज शर्मा र आयोजक समितिका अध्यक्ष भरत जंगमले संयुक्त रुपमा थैली खोलेर विमोचन गर्नुभएको थियो । साहित्यकार मञ्जुश्रीलाई सोही अभिनन्दन समारोहमा ‘शब्द सारथी’ पदबाट समेत भव्य रुपमा सम्मान गरिएको थियो ।

अभिनन्दन समारोहका काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति प्रा.डा. सुरेशराज शर्मा, वरिष्ठ पत्रकार हरिगोपाल प्रधान लगायत सयौंको उपस्थिति रहेको थियो । मञ्जुश्रीले एक अनुदित पुस्तक, एक टेलिचलचित्र, रेडियो नाटक, तीन मौलिक पुस्तक लेखन ३२, पुस्तक सम्पादन ९२ र १५ सयभन्दा बढी फुटकर प्रकाशनहरुसँगै डेढसयभन्दा बढी पुस्तकहरुमा मन्तव्य, २ सयभन्दा बढी पुस्तकमा प्रकाशकीय लेखिसक्नु भएको छ ।

सोही अवसरमा अभिवन्दना हस्तान्तरण गर्नेहरुले अब एउटा पाटोमा हरि मञ्जुश्री र अर्को पाटो शब्दयात्रा प्रकाशन रहेको चर्चा गरेका थिए ।
शब्द कलाका नायक पुस्तकको पेज नं. ३४० मा “लिखुरेका तगडा सिर्जना” लेखमा मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसीसँगको मित्रता र हरि मञ्जुश्रीको सम्बन्धको बारेमा महत्वपूर्ण चर्चा समेत गरिएको छ । उहाँ २०४२ साल मंसिरबाट काठमाडौं, मैतिदेवीस्थित पञ्चकुमारी छापाखानाबाट प्रकाशन हुने नेपालभूमि साप्ताहिकमा साहित्यिक स्तम्भकार एवं प्रुफ रिडरको रुपमा काम सुरु गर्नुभएको थियो ।

ट्रेन्डिङ