सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तेमालको ठुलोपर्सेलका दिर्घरोगी र गर्भवतीलाई निःशुल्क औषधि बितरण

तेमालको ठुलोपर्सेलका दिर्घरोगी र गर्भवतीलाई निःशुल्क औषधि बितरण

6875
Shares
तेमालको ठुलोपर्सेलका दिर्घरोगी र गर्भवतीलाई निःशुल्क औषधि बितरण

काभ्रे : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ६ ठुलोपर्सेलका दिर्घरोगी र गर्भवती महिलाहरुलाई निशुल्क औषधि वितरण गरिएको छ । वडा कार्यलयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा आमा सुरक्षा कार्यक्रम गरेको वडा अध्यक्ष विकुलाल मोक्तानले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडाका १०५ भन्दा बढि जेष्ठ नागरिक तथा दिर्घरोगीहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै नियमित सेवन गर्नुपर्ने औषधी १ महिनाको लागि निशुल्क वितरण गरिएको हो । यस्तै वडाका १५ जना भन्दा बढि गर्भवती महिलाहरूले सेवन गर्नुपर्ने क्यलसियम चक्की वितरण गरिएको वडा अध्यक्ष मोक्तानले बताउनुभयो ।

6875
Shares

ट्रेन्डिङ