काभ्रे : काभ्रेमा कोरोना भाईरसका नयाँ संक्रमित ३ जना थपिएका छन् । धुलिखेल नगरपालिका,रोशी गाँउपालिकाका १÷१ जना महिला र मण्डनदेउपुर नगरपालिकाका १ पुरुषमा भाईरसको संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४ सय ११ पुगेको छ । संक्रमण प्रश्चात उपारचार पछि आज एक जना डिस्चार्ज भएका छन् । अब जिल्लामा १३ जना महिला र १३ जना पुरुष गरि २६ जना सक्रिय संक्रमित रहेका छन् ।
ति मध्ये होम आइसोलेसनमा १९ जना छन् भने अस्पताल आइसोलेसनमा ७ जना छन् । यस्तै जिल्लामा पहिलो, दोस्रो र तेस्रो चरणमा गरि २४ हजार ६ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको खोप लगाईसकेको छन् ।