सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको दाप्चामा स्काभेटरले किच्दा खनालको मृत्यु

काभ्रेको दाप्चामा स्काभेटरले किच्दा खनालको मृत्यु

6015
Shares
काभ्रेको दाप्चामा स्काभेटरले किच्दा खनालको मृत्यु

काभ्रे, ४ बैशाख : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ र ८ सीमानामा पर्ने दाप्चा खोलामा स्काभेटरले किचेर नमोबुद्ध ७ का प्रकाश खनालको मृ’त्यु भएको छ । खनाल निर्माण व्यवसायी हुन् ।

आज बिहान ८:३० बजेतिर खनाललाई स्काभेटरले किचेको थियो । वडा नं ७ का अध्यक्ष धर्म सिं लामाका अनुसार उक्त खोलामा बाँध निर्माणको कार्य भईरहेको थियो । उक्त बाँध निर्माणको ठेक्का मृ’तक खनालले लिएका थिए ।

‘खोलामा बाँध लगाउने काम भईरहेको छ, त्यहिँ निस्केको ढुंगा अर्को ठाउँमा वाल लगाउन टिप्परमा लगेको रहेछ, अनि टिप्पर फसेपछि स्काईभेटरले ठेल्न आउँदा मान्छे परेछ’ वडा अध्यक्ष लामाले भने । घटना स्थल दाप्चा जाने बाटोको मुखैमा वडा नं ७ र ८ मा पर्ने उनले जानकारी दिए ।

खनाललाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा डाक्टरले मृ’त घोषणा गरेका हुन् । आन्दाजी ३५ बर्षका खनाल प्रेस युनियन काभ्रे शाखाका सदस्य समेत हुन् ।

6015
Shares

ट्रेन्डिङ