सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा माधव समूहले भोली जिल्ला कमिटी घोषणा गर्दै

काभ्रेमा माधव समूहले भोली जिल्ला कमिटी घोषणा गर्दै

8925
Shares
काभ्रेमा माधव समूहले भोली जिल्ला कमिटी घोषणा गर्दै

धुलिखेल, ४ बैशाख : माधव नेपाल समूहले भोली काभ्रेमा जिल्ला कमिटी घोषणा गर्ने भएको छ । जिल्ला पार्टी कमिटी घोषणा गर्न पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल स्वयम आउने बताइएको छ ।

पन्चकन्या बेन्कुट पुलबजारमा माधव समूहको कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागि हुन सबै जनवर्गीय संगठनलाई उर्दी जारी गरिएको छ । जिल्लामा एमालेभित्रको माधव समूहको जनवर्गीय संगठन निकै कमजोर मानिन्छ ।

अधिकांश जनवर्गीय संगठनको नेतृत्व एमालेको संस्थापन पक्ष ओली समूहले गरेको छ । करिब दुई साता अघि बसेको माधव समूहको बागमती प्रदेश कमिटीको विस्तारित बैठकले काभ्रे जिल्लामा नयाँ पदाधिकारी चयन गरेको थियो ।

माधव समूहको जिल्ला अध्यक्षमा एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाइबा छन् । त्यस्तै उपाध्यक्षको जिम्मेवारी बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईलाई, सचिव दिपक गौतम र सहसचिवको जिम्मेवारी भक्तकुमारी लामालाई दिइएको छ ।

8925
Shares

ट्रेन्डिङ