सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा माधव समूहको सानदार जिल्ला कमिटी घोषणा

काभ्रेमा माधव समूहको सानदार जिल्ला कमिटी घोषणा

9840
Shares
काभ्रेमा माधव समूहको सानदार जिल्ला कमिटी घोषणा

४ बैशाख, काभ्रे: एमालेको माधव कुमार नेपाल समूहले काभ्रेमा जिल्ला कमिटी घोषणा गरेको छ । आज बनेपामा एक कार्यक्रमको आयोजना गरी माधव समूहले टोक बहादुर वाइबा अध्यक्ष रहेको २०१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

जिल्ला कमिटीको विस्तारित बैठकले उपाध्यक्ष बसुन्धरा हुमागाई, सचिवमा दिपक गौतम, उपसचिवमा भक्तकुमारी लामा सहितको २०१ सदस्यीय कमिटी गठन गरेपछि जिल्ला कमिटीले पूर्णता पाएको छ । विस्तारित बैठकले जिल्लाका १३ वटै स्थानीय तहको इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पनि तोकेको छ ।

विस्तारित बैठकले विभिन्न जनवर्गीय संगठनको नेतृत्व समेत चयन गरेको छ । प्रताप लामा अध्यक्ष रहेको युवा संघ नेपालमा १०१ सदस्य छन् । अनेरास्ववियूको अध्यक्षमा बदन भण्डारी चयन भएका छन् । पासाङ डोल्मो लामा अध्यक्ष रहेको महिला संघमा ७५ जना सदस्य छन् ।

दलित उत्पीडित मुक्त समाजको अध्यक्षमा मनिष बर्देवा चयन भएका छन् । यसमा ७५ जना सदस्य छन् । बैठकले ५५ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ । त्यसैगरी संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग र स्कुल विभाग समेत गठन गरेको छ ।

माधव समूहको जिल्ला जिल्ला विस्तारित बैठकमा उत्साहजनक सहभागिता रहेको थियो । जिल्ला कमिटि घोषणामा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल स्वयम उपस्थिति हुनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश संयोजक अष्ट लक्ष्मी शाक्य, संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, वागती प्रदेश सांसद लक्ष्मण हुमागाई लगायतको सहभागिता थियो ।

9840
Shares

ट्रेन्डिङ