सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुकुरको टोकाईबाट काभ्रेमा बालकको मृत्यु

कुकुरको टोकाईबाट काभ्रेमा बालकको मृत्यु

5495
Shares
कुकुरको टोकाईबाट काभ्रेमा बालकको मृत्यु

१२ बैशाख, काभ्रे: काभ्रेको कात्तिके देउरालीमा कुकुरको टोकाईबाट एक बालकको मृत्यु भएको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ कात्तिकेदेउरालीका ८ बर्षीय बालक दिपेन्द्र पहरीको मृत्यु भएको पालिकाका सहायक स्वास्थ्य संयोजक एंवम धुसेनीशिवलय अस्पतालका इन्चार्ज राजु चौलागाईं जानकारी दिनुभयो ।

गाउँमै करिब तीन महिना अघि बालकलाई कुकुरले टोकेको थियो । उपचारका लागि टेकु अस्पताल लगिएकोमा उपचार नहुने भन्दै चिकित्सकले फिर्ता पठाईदिएपछि बालकको बाटोमै मृत्यु भएको हो ।

एउटै कुकुरले चारजनालाई टोकेको बताइएको छ । अर्को करिब ४६ वर्षीय शुक्रम तामाङको पनि करिब १० दिन पहिले कुकुरकै टोकाईबाट मृत्यु भएको बताईएको छ । उनलाई पनि उपचारका लागि टेकु अस्पताल लगिएको थियो ।

तर अवस्था गम्भीर भईसकेको भन्दै उपचार नलाग्ने बताएपछि कोठामा ल्याईएको थियो । उनको कोठामै मृत्यु भएको हो । सहायक स्वास्थ्य संयोजक चौलागाईंका अनुसार रोग नियन्त्रण गर्न स्वास्थ्य सेवा बिभाग मार्फत भ्याक्सिन ल्याउन स्वास्थ्य कार्यालय काभ्रेसँग समन्वय भैरहेको छ ।

5495
Shares

ट्रेन्डिङ