सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी

२ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी

5130
Shares
२ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी

काठमाडौं, १५ वैशाख । भारतमा कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा छ । यस्तै अस्पतालमा शय्या र अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाइरहेका छन् । तर यस्तो महामारी कहिलेसम्म रहला ? सबैतिर चासो र जिज्ञासा छ ।

भारतको आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालको टीमले गरेको एक अध्ययनले अबको २ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी गरेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार टीमले अध्ययनमा यतिबेला कोरोना उच्चविन्दुमा रहेको दाबी गरिएको छ । मे पहिलो हप्तादेखि दोस्रो हप्तासम्म भारतमा कोरोना शान्त भइसक्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययन अनुसार यतिबेला महाराष्ट्र, दिल्ली र उत्तर प्रदेशमा कोरोना संक्रमण उच्चविन्दुमा छ । आगामी हप्ताबाटै संक्रमण दर घट्दो क्रममा जाने अध्ययनको निष्कर्षमा उल्लेख छ । जुन महिनासम्म कोरोना महामारीबाट सर्वसाधारणलाई मुक्ति मिल्ने जनाइएको छ ।

अध्ययन अनुसार अब दिल्लीमा धेरै संक्रमित बढ्ने सम्भावना छैन । देशभर बढीमा दैनिक ४ लाखसम्म संक्रमित देखिनसक्ने अध्ययनमा उल्लेख छ । हाल दैनिक साढे ३ लाखसम्म संक्रमण पुष्टि भइरहेको छ । एजेन्सी

5130
Shares

ट्रेन्डिङ