सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा एकैदिन ५० जना कोरोना संक्रमित थपिए

काभ्रेमा एकैदिन ५० जना कोरोना संक्रमित थपिए

5580
Shares
काभ्रेमा एकैदिन ५० जना कोरोना संक्रमित थपिए

काभ्रे : काभ्रेमा आज ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २०१ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा ले जानकारी दिएका छन् ।

बनेपा नगरपालिकाका ४ पुरुष र ४ महिला छन् । त्यस्तै पनौती नगरपालिकाका ९ जना पुरुष र १५ जना महिला, धुलिखेल नगरपालिकाका ६ जना पुरुष र ५ महिला संक्रमित भएका छन् ।

त्यस्तै पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका २- २ जना महिला, नमोबुद्ध नगरपालिकाका,खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका १÷१ पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. झा ले जानकारी दिएका छन् ।

यो संगै कोरोना संक्रमितको संख्या ३ हजार ६१९ पुगेको छ । संक्रमित मध्ये १९६ जना होम आइसोलेसनमै रहेका छन् । अस्पतालको आइसोलेसनमा ५ जना रहेका छन् ।

5580
Shares

ट्रेन्डिङ