सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा

ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा

5080
Shares
ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा

बीबीसी । अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको छ । युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको अधिकारीहरूले बताएका छन् ।

सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका थिए ।

ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपतिलाई पहिलो पटक महाभियोग लगाइएको थियो । बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा छापा मारिएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार अधिकारीहरूले त्यहाँबाट विद्युतीय उपकरणहरू सहितका सामग्री जफत गरेका छन् ।

युक्रेन सम्बन्ध
युक्रेन सरकारको तर्फबाट जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेका थिए कि भन्ने बारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । साथै गत वर्षको राष्ट्रपतिय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्‍याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको छ ।

यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर, तथा उनका पिता जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको बताइएको थियो । साथै ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन पनि मुख्य भूमिका खेलेको बताएका थिए ।

बाइडन तथा उनका छोराले सबै आरोपको खण्डन गरेका थिए । हाल हन्टर बाइडनले एक असम्बन्धित आपराधिक कर मामिलामा अमेरिकी न्याय मन्त्रालयको अनुसन्धान बेहोरिरहेका छन् ।

गुन्डागर्दीको आरोप
जुलियानीका वकिल रोबर्ट कोस्टेलोले उनले कानुन नतोडेको जिकिर गरेका छन् तथा छापा मार्ने कार्य कानुनी गुन्डागर्दी भएको बताएका छन् । यो पूर्ण रूपमा अनावश्यक थियो, कोस्टेलोले फक्स न्यूजलाई भनेका छन् । जुलियानीले आफूलाई विदेशी एजेन्टको रूपमा दर्ता नगरेका कारण यी कारबाही गरिएको कोस्टेलोले बताए ।

अमेरिकाको विदेशी एजेन्ट दर्ता ऐनअनुसार कुनै अन्य देशको तर्फबाट कसैले एजेन्टको रूपमा काम गर्न चाहे तिनले विदेश मन्त्रालयलाई सूचित गर्नुपर्छ ।

5080
Shares

ट्रेन्डिङ