सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

4465
Shares
काभ्रेमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

२२ बैशाख, काभ्रे : काभ्रेमा आज हालसम्मकै सबै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन १५८ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या कोरोना भाईसकेको दोस्रो लहर फैलिए यताकै धेरै हो ।

आज धुलिखेल अस्पतालमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाभित्रका धुलिखेल नगरपालिका वडा नम्बर ७ का ७१ बर्षीय महिला र बनेपा नगरपालिका वडा नम्बर १४ का ४२ बर्षीय पुरूष रहेका छन् ।

त्यस्तै भक्तपुर थिमी २६ बर्षीय महिला र कैलालीको  धनगढी उपमहानगरपालिकाका ६० बर्षीय पुरूषको पनि उपचारकै क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको हो ।

थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ४६ जना पुरुष र ३९ जना महिला छन् । धुलिखेल नगरपालिकाका १० जना पुरुष, ९ जना महिला, पनौती नगरपालिकाका ८ जना महिला, ७ जना पुरुष, पाँचखाल नगरपालिकाका ७ जना महिला र ६ जना पुरुष रहेका छन् ।

रोशी गाउँपालिकाका ५ जना पुरुष, ३ जना महिला, मण्डनदेउपुर नगरपालिकाका ४ जना महिला, १ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २/२ जना महिला र पुरुष, बेथानचोक गाउँपालिकाका ४ जना पुरुष, चौरीदेउराली गाउँपालिकाका ३ पुरूष, तेमाल गाउँपालिकाका २ जना पुरुष र भुम्लु गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७६८ पुगेको छ । अस्पतालको आईसोलेसनमा २५ जना र होम आईसोलेसनमा ७४३ जना रहेका छन्  । यसैबीच जिल्लाका संक्रमित मध्ये १६ जना निको भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

4465
Shares

ट्रेन्डिङ