सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यस्ता छन् डिसीसीएमसी काभ्रेले गरेका ३ बुँदे निर्णय

यस्ता छन् डिसीसीएमसी काभ्रेले गरेका ३ बुँदे निर्णय

7610
Shares
यस्ता छन् डिसीसीएमसी काभ्रेले  गरेका  ३ बुँदे निर्णय

२२ बैशाख, काभ्रे : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काभ्रेको आज बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ । बैठकले जिल्लामा कोरोना संक्रमितको मृत्यु बढी रहेकाले शव ब्यवस्थापन गर्न सवारी बहानको ब्यवस्थापन गरिदिन बागमती प्रदेश स्वास्थ्य निर्देशनालयलाई  आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले शिर मेमोरियल अस्पताल, नेपाल पोलिटेक्निक इष्टिच्यूट, नमोबुद्ध नगरपालिकामा सञ्चालनमा आएका आईसोलेसनको रेखदेख गर्ने जिम्मा धुलिखेल स्थित नेपाली सेनाको कालिजंग गणलाइ दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले जिल्लामा कोरोना भाईरसको सक्रिय संक्रमितको संख्या बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

7610
Shares

ट्रेन्डिङ