सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पत्रकारिता एउटा आकर्षक,सेवामुलक र मर्यादित र इजतदार पेशा हो :  प्रभा थापा

पत्रकारिता एउटा आकर्षक,सेवामुलक र मर्यादित र इजतदार पेशा हो :  प्रभा थापा

13400
Shares
पत्रकारिता एउटा आकर्षक,सेवामुलक र मर्यादित र इजतदार पेशा हो :  प्रभा थापा

 प्रभा थापा
समाचार वाचिका एभिन्युज टेलिभिजन

१. यहाँ लाई स्वागत छ ?
धन्यवाद
२. यात्रा कहाँ बाट सुरु गर्नु भयो ?
म भित्रको अभिव्यक्ति प्रस्फुटनको चाहना र सार्बजनिक संचारमा काम गर्ने असिम आकान्क्षाले मलाई संचारमाध्यममा एभिन्युज टेलिभिजनले प्रारम्भिक पाइला टेकायो । अनि अहिले सम्म एभिन्युज खबरमा नै मेरो यात्रा निरन्तर छ ।

३. पत्रकारिता गर्दै गर्दा हजुर को कस्तो खालको भुमिका देखिने गर्छ ?
मैले अघि नै निबेदन गरें, सार्बजनिक चासोको विषयमा आफ्नो अभिव्यक्ति सधै मेरो रुचि रह्यो । त्यसैले मलाई खबर पड्दै गर्दा उत्पीडन , अन्याय , अनि विभेद जस्ता विषयहरुले छुने गर्छ । र म सकभर त्यस्ता बिषय उठानमा ब्यबसाहिक मात्रै होइन । व्यक्तिगतरुपमा पर्दा बाहिरै गएर पनि आफ्नो भूमिका निभाउने गर्छु । यो मेरो व्यक्तिगत चरित्रको बिषय पनि हो ।

४. मिडियामा गरेको कति समय भयो र कहिले बाट गर्न थाल्नु भयो र किन ?
मिडियामा मैले सन् २०१७ देखि एभिन्युजको पर्दामा खबर भन्न थालेको हुँ/ तपाईहरुलाई थाहै होला एभिन्युजमा तालिमको अबधि अलि लामै हुनेगर्छ । यसरि भन्दा ५ वर्ष त लग्यो मिडियाको यात्रा त !

५. कोरोना महामारीमा कति को ब्यस्त हुनु हुन्छ ?
कोरोना महामारीमा व्यस्त त हुनेनै भो त्यो भन्दा पनि यस्तो संबेदनशील र संगिन घडीमा खबर सम्प्रेक्षनको साथै आफ्नो र अरुको पनि स्वस्थको ख्याल राख्दै कामको रोस्टर मिलाउने जिम्मा पनि मेरै भएको हुनाले मानसिक र शाररिक तनाब चाही अलि बडी नै छ ।

६. पत्रकारितामा आउन को बाट प्रेरणा पाउनु भयो?
प्रेरणा त यो पेशा आफ्नो रुचिको बिषय भएकोले नेपाली संचार जगतका र अझ भनौ नेपाली टेलिभजनका अग्रजहरु धेरैबाट प्रभावित थिएँ । र वहाहरु कै संघर्ष र सफलता मेरो प्रेरणा बन्यो । र अझै म वहाहरुकै पदचापलाइ पछ्याउदै छु ।

७. यो पेसा मा आउने नयाँ पुस्तालाई के भन्नू हुन्छ ?
यो पेशामा एक किसिमको आकर्षण छ , ग्लेमेर पनि छ , पुग्दो पैसा पनि एउटा तहमा पुगेपछि आउछ नै तर यो टेलिभिजन कर्म भनेको २४ घन्टे पेशा हो / अरु जस्तो १०/५ को ८ घन्टे ड्युटी मात्रै चाही होइन । अझ म त के भन्छु भने यो ‘ पेशा होइन जिबनशैली वा जिबन पद्धति नै हो टेलिभिजन कर्म । यस्तो पेशामा आउन चाहन त धेरैको हुन्छ । तर धेरै सोच विचार गरेर धेर्यता भए मात्र यो पेशा अंगाल्न सल्लाह दिन्छु । यदि गर्न सके नाम , दाम र जिबन सबै छ । टेलिभिजन कर्ममा ।

८. मिडिया को लामो समय कसरी बताउनु हुन्छ ?
पहिलो चरण सार्है संघर्षपूर्ण , दोश्रो चरण उत्साहित , तेश्रो चरण जिम्मेबारी र चुनौतिपूर्ण

९. नेपाल को पत्रकारिता लाई कसरी लिनु हुन्छ ?
नेपाली पत्रकारिताको बिषयमा त म त्यसरी विश्लेषण गर्न सक्दिन तर टेलिभिजन पत्रकारिता चाही परिपक्क बन्न तर्फ उन्मुख ब्यबसाहिक भन्दै गरेको उज्यालो भबिस्य सहितको सामाजिक जिम्मेबारीपूर्ण पेशा ।

१०. ” अन द स्क्रिन ” आउदा कस्तो अनुभव अथवा कति मायाको अनुभव गर्नु भएको छ ?
प्रत्यक बुलेटिन एउटा चुनौती सहितको युग्द्ध जितेको जस्तो लाग्छ । र काम सकेर घर फर्कदै गर्दा गर्बके धक्क मन फुल्छ , समाज र देशको लागि थोरै भए पनि केहि गरे जस्तो ।

११. पहिले को पत्रकारिता र अहिले को पत्रकारिता कति को सजिलो या चुनौती खेप्नु भएको छ ?
पक्कै पनि मेरो पत्रकारिताको करियर ४/५ बर्ष भनेको थोरै हो र मैले हिजोको पत्रकारिताको बिषयमा के भन्न सकुला र ? तर मलाई लाग्छ पत्रकारिता भनेको हरेक समयमा र हरेक ठाउंमा उत्तिकै चुनौतिपूर्ण हुन्छ । जो म हरेकदिन अनुभब गर्छु ।एक किसिमको जिम्मेबारी बोध गर्छु हरेक दिन।

१२. बिवाहा भएपछि पत्रकारिता गर्न कति को सहजता पाउनु भएको छ ?
मेरो बिबाह भखरै भएको ६ महिना हुदैछ , खासै त्यतो अप्ठ्यारो त महसुश भएको छैन । मलाई लाग्छ भोलिका दिनमा पनि त्यतो गाह्रो नहोला किनकी मेरो श्रीमान पनि ब्यब्साहिक पेशाकर्मी नै हुनुहुन्छ । र त्यो भन्दा पनि मेरो घर र परिवार मेरो पेशा प्रति सम्मान र सहयोगी हुनुहुन्छ । वहाहरुकै हौसला र साथले म बिबाह पश्च्यात पनि त्यतिकै काममा समय दिएकोछु ।

१३. तपाइको अनुभवले नेपाली पत्रकारिता कता जाँदै छ र कता जानू पर्ने आवस्यक छ ?
नेपाली पत्रकारिताको मेरो बुझाईमा हरेक दिन परिपक्क्वा र ब्यब्साहिक बन्ने तर्फ नै उन्मुख छ । तुलनात्मक रुपमा हाम्रो वरिपरिका ठुला संचार बजारहरु संग तुलना गर्ने हो भने त साच्चै हामीले धेरै गर्न खाजेका छौ जस्तो लाग्छ । कोरोनाको महामारीमा पनि हाम्रो नेपाली संचारमाध्यम र हाम्रो पत्रकारिताले देश र समाजप्रति न्याय नै गरेकोछ जस्तो लाग्छ ।यसर्थ मलाई लाग्छ हाम्रो पत्रकारिता ठिक दिशा तिरै गैरहेकोछ ।

१४. अन्त्य मा के भन्नू हुन्छ ?
सबै भन्दा पहिले त मलाई आफ्नो बारेमा कुरा राख्ने मौका दिनु भो , त्यसको लागि तपाई र तपाईंको यो मिडियालाइ धेरै धेरै धन्यवाद ।अर्को कुरा मैले आफ्नो पत्रकारिताको छोटो अनुभबको आधारमा कुरा राखें यदि अन्यथा हुन र बुझिन गए माफी चाहन्छु ।

म सिक्दैछु , धेरैले रुचाई दिनु भएकोछ , हरेक बुलेटिन पछि प्रतिक्रिया पाउछु । अझै सिक्ने र राम्रो गर्ने प्रेरणा दिनु हुने मेरा सबै दर्शक र पाठकहरुमा लाखौ लाख आभार र साधुवाद !!

(संवाददाता सुनिल श्रेष्ठले गरेको कुराकानीको केही सम्पादित अंश)

13400
Shares

ट्रेन्डिङ