सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलिखेल नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा

धुलिखेल नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा

12030
Shares
धुलिखेल नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा

२३ बैशाख,काभ्रे : धुलिखेल नगरपालिकाले आफ्नो नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सञ्चालनमा  ल्याएको छ । कारोना संक्रमित र अन्य बिरामीलाई अस्पतालसम्म लैजान नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिईरहेको मेयर अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले धुलिखेल नगरपालिकासँग दुई वटा एम्बुलेन्स छन् । केहिदिन अघि मात्रै भारतिय दुताबासले सुविधा युक्त एम्बुलेन्स सहयोग गरेपछि धुलिखेल नगरपालिकासँग दुई वटा एम्बुलेन्स भएको हो । नगरप्रमुख ब्याञ्जुका अनुसार पहिलेको एम्बुलेन्सलाई कोरोना संक्रमित बोक्न र नयाँ एम्बुलेन्स कोरोना संक्रमित बाहेकका बिरामी बोक्न छुट्याईएको छ ।

दुबै एम्बुलेन्सले निःशुल्क सेवा दिने मेयर ब्याञ्जुले बताउनुभयो । नगरपालिकाले कोरोना संक्रमित र आईसोलेसन ब्यवस्थापनमा काम गर्ने एक करोड रुपैयाँको कोष समेत स्थापना गरेको छ । ‘ हामी अहिले निकै जटिल परिस्थितिसँग जुधिरहेका छौ, यो परिस्थितिमा नगरबासीलाई कसरी सजिलोसँग सेवा दिने भन्ने विविध पक्षमा काम गरिरहेका छौ, मेयर ब्याञ्जुले भन्नुभयो ‘त्यसै अन्तर्गत नगरपालिकाले नगरबासीका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिईरहेको छ ।’

नगरपालिकाले एम्बुलेन्स सेवा सहजीकरणका लागि निश्चित ब्यक्ति समेत तोकेको छ । नगरपालिकाको जुनसुकै ठाउँमा एम्बुलेन्स चाहिँ ९८४१५४३९९० र ९८४१००५१५३ मा फोन गर्न सकिने ब्यवस्था मिलाईएको मेयर ब्याञ्जुले बताउनुभयो ।

नगरपालिकाले आईसोलेसन सञ्चालन गर्ने विषयमा समेत छलफल अघि बढाईसकेको छ । अक्सिजन सहितको ५० बेड क्षमतासम्मको आईसोलेसन सञ्चालन ल्याईने मेयर ब्याञ्जुले जानकारी दिनुभयो ।

12030
Shares

ट्रेन्डिङ