सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनको शान्ति र आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो

मनको शान्ति र आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो

15165
Shares
मनको शान्ति र आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो

केही समाजिक अभियन्ताहरुलाई हामीले सानै उमेर देखि नै सामाजिक सन्जाल तथा अरु थुप्रै संघ संस्थाहरुमा लागेको देखेका छौं । त्यस्तैमा एक सुमा मानव सेवा जसले धेरै वर्षदेखि धेरै दुखीपीडितहरुको सेवा गर्दै आएका छन् र अगामी दिनहरुमा पनि गर्दै जाने प्रणय लिएका छन् । यही संस्थाकै विषयलाई लिएर सबैंको समाचार डटकमका सवाददाता सुनिल श्रेष्ठले गरेको कुराकानीः

१.स्वागत छ हजुरलाई ?
धन्यवाद

२. आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
अहिले म २४ सै घण्टा मानवसेवा आश्रमको सेवामा खटिरहेको छु ।

३. तपाई आफूलाई कसरी चिनाउनु हुन्छ ?
म एक मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को समर्पित अभियन्ता हु, सामाजिक वास्तुकार हु।

४. मानव सेवा आश्रममा लागेको कति वर्ष भयो ?
अहिले ४ बर्ष को दौरानमा छु ।

५. नयाँ पुस्ताले हजुरबाट के सिक्ने ?
मानवीयता

६. आश्रममै काम गरेर जीवन चल्छ ?
एकदम चल्छ, मेरो विचारमा जीवनको सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टि हो । म यो सेवा गरेर एकदमै सन्तुष्ट छु ।

७. मानव सेवा आश्रममा लागि रहदा सबैबाट कतिको माया पाउनु भएको छ ?
मलाई धेरैले सोध्नु हुन्छ, तपाईको घर कहाँ हो भनेर अनि म भन्ने गर्छु, मेरो पहिलो घर धादिङ मलेखु हो जहाँ म जन्मे र मेरो दास्रो घर चै यही मानवसेवा आश्रम हो । जहाँ मलाई परिवार जत्तिकै सबैले माया र प्रेम गर्नु हुन्छ ।

८. नेपाल मा कस्ता मान्छेले बेबारिसे जीवन बिताउनु परेको छ ? के कारणले गर्दा होला ?
विशेष गरि नेपालमा थुप्रै मानिसहरुको जीवन कहाली लाग्दो छ । जस्तै धेरै मानिसहरु सडकमा बसेर मागेर खान्छन् । कोही पुस, माघको जाडोमा र बैशाख जेष्ठ गर्मीलाई खुल्ला आकाशलाइ छानो र धर्तीलाई बिस्तार बनाएर बसेका छन् । यी सबैको कारण भन्नु पर्दा मानसिक समस्या, गरिबी, असल शिक्षाको कमी आदि थुप्रै कारण छन् ।

९. यो उमेरमा धेरै पढेर पैसा कमाउछु भन्ने मनमा आउदैन ?
मान्छेलाई जति पैसा भएनि पुग्दैन र पैसा नै सबै कुरा होईन जस्तो लाग्छ । आहिलेको समयमा पैसा जीवनमा चाहिदैन भन्न खोजेको होइन तर मेरो विचारमा मनको शान्ति र आत्मसनतुष्टि नै सबै भन्दा ठुलो कुरा हो जस्तो लाग्छ ।

१०. मानव सेवा आश्रमबाट कति तलब लिनुहुन्छ ?
मलाई मेरो गुरुले सधै सम्झाउनु हुन्छ, निः स्वार्थ पुर्वक गरिने मानवसेवा नै मानवसेवा हो, म विगत चार बर्ष देखि निः शुल्क रुपमा सेवा गर्दैछु र मलाई यसमै आनन्द लाग्छ ।

११. हजुरहरु जस्तो समाज सेवा गर्ने युवायुवतीलाई नेपाल सरकारले के गर्दियोस जस्तो लाग्छ ?
अपेक्षाले आनन्दलाइ कम गराउछ, आस्चर्यले आनन्दलाइ बढाउछ त्यसैले हामीलाई कसै संग अपेक्षा छैन, यति मात्र हो बेवारिसे भएर कोहि पनि सडक मा बस्न नपरोस ।

१२. आमाबुबा लाई कसरी सन्तुष्टि बनाइराख्नु भएको छ ?
चार बर्ष अघि सुरुवातको समयमा आमाबुवालाई सम्झाउन अलि गाह्रो भयो तर पछि आश्रममानै आएर हेर्नु भयो साच्चै छोरीले आखिर गर्दै के छ त भनेर, सेवा नजिकबाट हेरी सके पछि अहिले आमाबुवा एक्दमै खुशी हुनुहुन्छ र आफ्नो छोरीले गरेको सेवा देखेर आमा बुवालाई गर्वको महसुस छ ।

१३. आश्रम मा लागि रहदा मैले मेरो जीवन मा यति सम्म गर्नु पर्छ भन्ने लाग्दैन ?
जीवनमा बढी ठुलोकाम केहि गर्नु छैन किनकि हाम्रो लागि दाउरा तयार छ, कात्रो बेच्ने पसले तयार छ, घाट तयार छ, शव वाहन तयार छ, मलामी जना मान्छे तयार छन्, सबै तयार छ, सास मात्र जान बाँकी हो, सास जानु अघि नै जीवन सार्थक बनाउनुपर्छ । जीवनमा ठूलो केहि पनि गर्ने चाहना छैन, मेरो कारणले कसैको आँखामा आसु नआओस् त्यति हो ।

१४. अन्त्या मा के भन्नु हुन्छ ?
सबैको मंगल होस्, सबैको कल्याण होस्, कोहि पनि एक छाक खान नपाएर भोकै र नाङ्गै कोहि पनि सडकमा रहन नपरोस् । तथा मेरो सानो अनुभवलाई हजुर तथा हजुरको मिडियाबाट राख्ने मौका दिनु दिनु भयो त्यो नै मेरो लागि जीवन मा ठुलो कुरा गर्न सकेछु भन्ने लागेको छ त्यस्को लागि हजुरहरुको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद !!

15165
Shares

ट्रेन्डिङ