सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रकार महासंघ काभ्रेद्वारा कोभिड आपतकालीन राहत कोष स्थापना

पत्रकार महासंघ काभ्रेद्वारा कोभिड आपतकालीन राहत कोष स्थापना

5555
Shares
पत्रकार महासंघ काभ्रेद्वारा कोभिड आपतकालीन राहत कोष स्थापना

काभ्रे, २८ वैशाख । नेपाल पत्रकार महासंघ काभ्रेले ‘कोभिड–१९ आपतकालीन राहत कोष’को स्थापना गरेको छ । विश्वव्यापी फैलिरहेको कोरोनाको कहरमा रहेर अग्रपंक्तिमा खटिने र संक्रमित पत्रकारका लागि महासंघले ५ लाखको राहत कोष स्थापना गरेको हो ।

कोरोना महामारीको समयममा अग्रपंक्तिमा खटिने पत्रकारका लागी राहत मिलोस भन्ने उद्देश्यले पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले रु. १० हजार रकम जम्मा गरी उक्त कोषको सुरुवात गर्नुभएको छ । महामारीको अवस्थामा कोरोनाले पर्ने कुनैपनि असहज परिस्थतिमा पत्रकार साथीहरुलाइ थोरै भएपनि राहतको महसुश गराउन सकियोस भन्ने उद्देश्यले महासंघले राहत कोष स्थापना गरेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारका लागि स्थापना गरिएको सो कोष महासंघको मातहतमा सञ्चालन हुनेछ । कोषमा जम्मा भएको रकमबाट कार्यविधि बनाएर पीडित पत्रकारलाई आवश्यक अनुसारको सहयोग गरिने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

कोष स्थापनासंगै रकम सहयोग स्वरूप प्राप्त हुन सुरु भएको पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइरालाले जानकारी दिनुभयो। साथै अन्य दाताबाट आपतकालीन राहत कोषमा सहयोगका लागी काभ्रे शाखाले आव्हानसमेत गरेको छ ।

सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, काभ्रेको बैंक खाता रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिलेट, धुलिखेल शाखामा खाता नम्बर1040100007202001 मा रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ ।

यस सहयोगबाट पीडामा परेका पत्रकारलाई सो पीडाबाट उम्कन केही राहत पुग्ने महासंघले विश्वास लिएको छ ।

सहयोगका लागि आपतकालीन राहत कोषको बैंक बिवरण यसप्रकार छः
Nepal Patrakar Mahasangh Kavre
A/c:- 1040100007202001
Rastriya Banijya Bank Ltd
Dhulikhel Branch
थप जानकारीका लागि:-
अध्यक्ष- बद्रिराज तिमल्सिना
सम्पर्क:- 9851085457
उपाध्यक्ष -बिनोद कुमार न्यौपाने
सम्पर्क:- 9851010581
सचिव -कपिल कोइराला
सम्पर्क:- 9851071925
कोषाध्यक्ष-केदार तिमल्सिना
सम्पर्क:- 9851030584

5555
Shares

ट्रेन्डिङ