सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तेमालमा पनि अनिश्चितकालका लागि ‘लकडाउन’ को घोषणा

तेमालमा पनि अनिश्चितकालका लागि ‘लकडाउन’ को घोषणा

7975
Shares
तेमालमा पनि अनिश्चितकालका लागि ‘लकडाउन’ को घोषणा

काभ्रे, ३१ बैशाख: काभ्रेको तेमाल गाउँपालिकाले पनि पालिका भित्र कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ‘लकडाउन’ को घोषणा गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले एक सूचना जारी गर्दै ‘लकडाउन’को घोषणा गरेका हुन् ।

आज बसेको गाउँपालिकाको निर्णयअनुसार अति आवश्यक सेवा बाहेक गाउँपालिका भित्रका सबै सेवा बन्द गरेको सूचनामा उल्लेख छ । अत्यावश्यक सार्वजनिक सेवा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य पसलहरू २४ घण्टा खुल्ने छ भने अति आवश्यक खाद्यान्न पसल हरेक दिन बिहान ६ः०० बजे देखी बिहान ८ः०० बजे सम्म मात्र खुल्ने प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले जानकारी दिएका छन् ।

त्यसैगरी होटेल तथा रेस्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, कपडा पसल, टेलरिङ, शैक्षिक संस्था, स्टेशनरी, भोज भतेर, विवाह, व्रतबन्ध, पास्नी, घेवा इत्यादि पूर्ण रूपमा बन्द हुने कुइँकेलले जानकारी दिए ।

7975
Shares

ट्रेन्डिङ