सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको नमोबुद्ध नगर क्षेत्र एक साता शिल गरिने

काभ्रेको नमोबुद्ध नगर क्षेत्र एक साता शिल गरिने

7520
Shares
काभ्रेको  नमोबुद्ध नगर क्षेत्र एक साता शिल गरिने

काभ्रे : नमोबुद्ध नगरपालिका क्षेत्र एक साताका लागि शिल गरिने भएको छ । नमोबुद्ध नगरपालिकाले नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जेठ ५ गते बुधबार राती १२ बजृेदेखि जेठ १२ गते राती १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।

नगरभित्र समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण तीब्ररुपमा बढ्दै गएपछि शिल गर्ने निर्णय गरिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए । यो अवधीमा औषधि पसल, अस्पताल र अन्य स्वास्थ्य संस्था- स्वास्थ्य सेवा प्रदायक बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसल लगायतका सम्पूर्ण व्यवसायहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ ।

यस्तै बैंक, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरु शिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने तथा अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सम्पूर्ण कार्यालयहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

यसैगरी निर्माण सामग्रीहरुको ढुवानी गर्ने सवारीसाधनहरु जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख भएको समय अनुसार गर्ने र निर्माण कार्यहरुको हकमा नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संचालन गर्ने तथा फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय÷संस्थाले न्यूनतम कर्मचारी मार्फत नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्यका आधारभूत सुरक्षा मापदण्ड अपनाई तथा पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

यस्तै सूचना विभागबाट जारी भएको प्रेस पास लिनु भएका सञ्चारकर्मी, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयका परिचय–पत्रबाट व्यहोरा खुल्ने कर्मचारी बाहेक अन्य व्यक्तिहरुको हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोहि पनि घर बाहिर ननिस्कने र अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्ने निर्णय गरिएको नगर प्रमुख शर्माले बताए ।

नमोबुद्ध नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि यसअघि नै अत्यावश्यकबाहेक नगरपालिका कार्यालय, वडा कार्यालय र मातहतका कार्यालय बन्द गरिसकेको छ । नगरपालिकाले रोशी गाउँपालिकासँगको सहकार्यमा नमोबुद्ध ४ मा रहेको जनक क्याम्पसमा ४० बेडको आइसोलेसन स्थापना गरेको छ ।

सोमबारसम्मको तथ्यांकअनुसार नमोबुद्ध नगरपालिकामा सक्रिय संक्रमितको संख्या ८१ रहेको छ । त्यसमध्ये १० जना अस्पताल एवं संस्थागत आइसोलेसनमा रहेका छन् भने ७१ जना होम आइसोलेसनमा रहेका छन् ।

 

7520
Shares

ट्रेन्डिङ