सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • धुलिखेल ११ मा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि

धुलिखेल ११ मा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि

8760
Shares
धुलिखेल ११ मा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नं.११ कल्छेमा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार हिजो ९९ जनाको स्वाब।संकलन गरि धुलिखेल अस्पतालमा परीक्षण गरिएको थियो ।

त्यस मध्ये ६६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १ देखि ७७ बर्ष उमेर समुहका ब्यक्ति रहेका छन् । ५ बर्ष मुनिका ४ जना, २० वर्ष मुनिका २० छन् । योसँगै धुलिखेल नगरपालिकाका ११ पात्लेखेत कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।

स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार धुलिखेल नगरपालिकाभित्र १५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । शाखा प्रमुख केसीले मास्क लगाउन, भीडभाडमा नजान र बेला बेला साबुन पानीले राम्रोसँग हात धुन आग्रह गर्नुभयो ।

8760
Shares

ट्रेन्डिङ