सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बादलको हारमा गोकुल बास्कोटाको प्रतिक्रिया : ‘दुध ख्याएर पालेका साँपले डसे’

बादलको हारमा गोकुल बास्कोटाको प्रतिक्रिया : ‘दुध ख्याएर पालेका साँपले डसे’

6260
Shares
बादलको हारमा गोकुल बास्कोटाको प्रतिक्रिया :  ‘दुध ख्याएर पालेका साँपले डसे’

काठमाडौं : राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादलको पराजयपछि एमालेका नेता गोकुल बास्कोटाले प्रतिक्रिया जनाएका छन् ।

बिहिबार साँझ सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले बादलको पराजयलाई दुध खुवाएर पालेका साँपले डसेको उल्लेख गरेका छन् । उनले विपक्षीसँग कुनै गुनासो नरहेको भन्दै समयको अन्त्य नभई सुरुवात मात्र भएको बताएका छन् ।

बास्कोटाले लेखेका छन्– ‘दुध ख्वाएका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।

’ आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा बादल एमालेको माधव नेपाल समूह, माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका छन् ।

 

6260
Shares

ट्रेन्डिङ