सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलको विरोध, कसले के भने ?

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलको विरोध, कसले के भने ?

7180
Shares
प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलको विरोध, कसले के भने ?

काठमाडौँ, ८ जेठ : मध्यरातमा पतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने पधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध प्रतिपक्षी दलले विरोध जनाएका छन् ।

मध्यरातमा संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा ट्वीट गर्दै संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्ने जनाउँदै आक्रोश व्यक्त गरेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले लोकतन्त्रमाथि प्रहार र जनभावना कुल्चिने काम भएको बताएका छन् ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन्। उनले राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने समेत जिकिर गरेका छन् ।

7180
Shares

ट्रेन्डिङ