सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण

काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण

11650
Shares
काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण

काभ्रे : एमाले बागमती प्रदेश संसदीय बोर्डले काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाई र लक्षमण लम्साल सहि १३ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवारलाई असहयोग गरी पार्टी निर्देशन विपरीत काम गरेको भन्दै बागमती प्रदेशसभाका १३ सांसदलाई स्पष्टीकरण सोधिएको हो ।

शनिबार बसेको बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टी निर्देशन विपरीत कार्य गरेको भन्दै एमालेको माधव नेपाल समूहका १३ जना सांसदलाई स्पष्टीकरण सोधिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

स्पष्टीकरण सोधिएका सबै माधव नेपाल पक्षका सांसद छन् । अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साललाई स्पष्टिकरण सोधिएको सचेतक निरौलाले जानकारी दिनुभयो । उनीहरूलाई आइतबार साँझ ५ बजेसम्ममा जवाफ दिन समय दिइएको छ ।

एमाले राष्ट्रिय सभाको उप निर्वाचन राम बहादुर थापाको पक्षलाई उम्मेदवार बनाएको थियो । एमालेकै नेपाल पक्षले डा. खिमलाल देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाएको थियो । राष्ट्रियसभाको उपनिर्वाचनमा थापालाई भोट हाल्न एमालेले ह्वीप लगाएको थियो । ह्वीप उल्लंघन गर्दै स्वतन्त्र उम्मेदवार देवकोटालाई भोट दिएर बादल हराएको भन्दै बोर्ड बैठकले स्पष्टीकरण सोधेको हो ।

11650
Shares

ट्रेन्डिङ