सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेमा १८४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा १८४ जना कोरोना संक्रमित थपिए

7390
Shares
काभ्रेमा १८४ जना कोरोना संक्रमित थपिए

काभ्रे : काभ्रेमा १८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका २१ जना महिला र २० पुरुष रहेका छन् । मण्डनदेउपुर नगरपालिकाका ३० जना पुरुष र ६ जना महिला, नमोबुद्ध नगरपालिकाका २२ जना पुरुष र १५ जना महिला, चौरीदेराली गाउँपालिकाका १६ जना पुरुष र ११ जना महिला रहेका छन् ।

त्यसै गरि धुलिखेल नगरपालिकाका  ४ जना पुरुष र १ जना महिला, पाँचखाल नगरपालिकाका ८ जना पुरुष र ४ जना महिला, भुम्लु गाउँपालिकाका १० जना महिला र ४ जना महिला, पनौती नगरपालिकाका ४ जना महिला र २ जना महिला र बेथानचोक गाउँपालिकाका ५ जना महिला संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले  जनाएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६ सय ५१ पुगेको छ । अस्पतालको आईसोलेसनमा ११९ जना र होम आईसोलेसनमा २५ सय ३२ जना संक्रमित रहेका छन् ।

7390
Shares

ट्रेन्डिङ