सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पत्रकार महासंघ काभ्रेको आपतकालीन राहत कोषमा पनौतीका पोल्ट्री व्यवसायीको ५० हजार सहयोग

पत्रकार महासंघ काभ्रेको आपतकालीन राहत कोषमा पनौतीका पोल्ट्री व्यवसायीको ५० हजार सहयोग

8725
Shares
पत्रकार महासंघ काभ्रेको आपतकालीन राहत कोषमा पनौतीका पोल्ट्री व्यवसायीको ५० हजार सहयोग

जेठ ८, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेले स्थापना गरेको आपतकालीन राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ। कोरोना महामारीको समयममा अग्रपंक्तिमा खटिने पत्रकारका लागी राहत मिलोस भन्ने उद्देश्यले पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले रु. १० हजार रकम जम्मा गरी उक्त कोषको सुरुवात गर्नुभएको उक्त कोषमा करिव ६ लाख जम्मा भैसकेको छ।

आज (शनिबार) पनि आपतकालीन राहत कोषमा ५० हजार रुपैया सहयोग प्राप्त भएको छ। नेपाली कांग्रेस पनौती नगर समितिको समन्वयमा पोल्ट्री व्यवसायी प्रदिप कार्कीले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

पनौती क्षेत्रका पोल्ट्री व्यवसायीहरुको तर्फबाट उक्त रकम आपतकालीन राहत कोषका लागि सहयोग प्राप्त भएको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य शिबप्रसाद हुमागाईं, नगर सभापति रामशरण भण्डारी, महासंघका पुर्ब अध्यक्ष नारायण सापकोटा लगायतको उपस्ठिती रहेको थियो।

राहत कोषमा काभ्रेली अग्रज पत्रकार, क्रियाशील पत्रकार, विभिन्न संघ-सस्था, विभिन्न जिल्ला तथा देशविदेशमा रहेका शुभचिन्तक, व्यावशायी, समाजसेवीलगाएतले अमुल्य सहयोग गरिरहनु भएको छ।

सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ तथा नेपाल पत्रकार महासंघ काभ्रेको बैंक खाता रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिलेट, धुलिखेल शाखामा खाता नम्बर- 1040100007202001 मा रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ। यस सहयोगबाट पीडामा परेका पत्रकारलाई सो पीडाबाट उम्कन केही राहत पुग्ने महासंघले विश्वास लिएको छ।

8725
Shares

ट्रेन्डिङ