सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश सांसद हुमागाईद्वारा आफुले पाउने सबै रकम कोरोना प्रभावितलाई खर्च गर्ने घोषणा

प्रदेश सांसद हुमागाईद्वारा आफुले पाउने सबै रकम कोरोना प्रभावितलाई खर्च गर्ने घोषणा

7485
Shares
प्रदेश सांसद हुमागाईद्वारा आफुले पाउने सबै रकम कोरोना प्रभावितलाई खर्च गर्ने घोषणा

काभ्रे : काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाईले आफुले पाउने सबै रकम कोरोना प्रभावितलाई खर्च गर्ने घोषणा गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत सांसद हुमागाईले यस्तो घोषणा गर्नु भएको हो ।

सांसद हुमागाईले २०७८ साल बैशाख १ गतेदेखि पाउनु सबै सुविधाको रकम कोरोना प्रभावितलाई जनताको लागि खर्च गर्ने बताउनु भएको हो । सांसद हुमागाईले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ‘म मेरो साम्सद सुबिधा बाट प्राप्तहुने सबै रकम २०७८/१/१ देखि सांसद रहे सम्म कोभिडबाट प्रभावित जनताको सेवा मा दिन्छु ।’

सांसद हुमागाईले एमालेभित्रै माधव नेपाल समूहको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ माधव समूहको समानन्तर जिल्ला कमिटीको उपाध्यक्ष पनि हो । जेठ ६ गते एमालेको आधिकारिक उम्मेदवार राम बहादुर थापाको पक्षमा मतदान नगरेपछि उहाँलाई पार्टी स्पष्टीकरण सोधेको छ । चित्त बुझ्दो जवाफ नदिए कारबाहीको भागिदार हुनेछन् ।

7485
Shares

ट्रेन्डिङ