सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेनाको जीप दुर्घटना: काभ्रेका २ जना सहित छ जना घाइते

सेनाको जीप दुर्घटना: काभ्रेका २ जना सहित छ जना घाइते

14235
Shares
सेनाको जीप दुर्घटना: काभ्रेका २ जना सहित छ जना घाइते

काठमाडाैं,९ जेठ : सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दु’र्घटना भएको छ । दु’र्घटनामा सेनाका ६ जना घा’इते भएका छन् । भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यालय नवलपुरले जनाएको छ । जीपमा १२ जना सवार थिए ।

घा’इतेहरू सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना छन् । उनीहरूको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको छ । घा’इते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं. २ का ४० वर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ का ३१ वर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष २८ का मंगल वि.क, काभ्रेकै बनेपा नगरपालिका वडा नं. ८ वस्ने वर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं. ६ का वर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं. २ का वर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।

14235
Shares

ट्रेन्डिङ