काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका जेठ २१ गतेसम्म शिल गरिने भएको छ । कोरोना सं क्रमण बढेपछि शिल गर्ने निर्णय गरिएको नगरप्रमुख टोक टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।
नगरप्रमुख वाईबाले १२ गतेदेखि २१ गतेसम्म शिल गरिने जानकारी दिनुभयो । पछिल्लो समय मण्डनदेउपुर नगरपालिकामा कोरोना सं क्रमणको निकै फैलिएको छ । कोरोना भाईरसको नियन्त्रण र रोकथामका लागि शिल गरिएको नगरप्रमुख वाईबाले बताउनुभयो ।