सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जन्मथलोमा स्वास्थ्य सामग्री पु¥याउँदै मादनकुँडारीका युवा

जन्मथलोमा स्वास्थ्य सामग्री पु¥याउँदै मादनकुँडारीका युवा

6045
Shares
जन्मथलोमा स्वास्थ्य सामग्री पु¥याउँदै मादनकुँडारीका युवा

मादनकुँडारी : मादनकुँडारीका अगुवा युवाहरु हाल विद्यमान संकटबाट स्थानीयलाई जोगाउन स्वास्थ्य सामग्री र स्वास्थ्यवर्दक खानेकुरा सहित अभियान मा जुटेका छन् । कोभिड १९ को दोश्रो लहरले आक्रान्त जन्मभुमिलाई स्वास्थ्य सामग्री हस्तान्तरणमा युवा जुटेका छन् । आफु जन्मेको स्थान विकट गाउँमा पनि संक्रमण बढ्दै गएकोले स्वास्थ्य संकटलाई मध्यनजर गर्दै युवाहरु सहयोगमा जुटेका हुन् ।

समाजसेवी विकु लामा, अधिबक्ता रामबहादुर लामा, एनजीओ फेडेरेसनका अध्यक्ष जित राम लामाको विशेष पहलमा तथा प्रभा एल्मुनाईको सहकार्यमा देश बिदेशमा रहनुहुने व्यक्तिmहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । पहिलो चरणमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री पु¥याएर वडा अध्यक्ष बिरबल लामाको रोहबरमा जन प्रतिनिधिहरु स्वास्थ्यकर्मी, स्थानीयकोउपस्तििमा विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको क्षितिज लामाले जानकारी दिए ।

कोभिड सङ्क्रमितको लागि आवश्यक पर्ने औषधिहरू सिटामोल ,कफ सिरफ, डिकोल्ड, साइनेक्स, भिटामिन बि, डि, क्याल्सीयम, जिङ्क ट्याबलेट, माक्स, फेस सिल्ड, अक्सिमिटर, जीवनजल, साबुन, रुम स्प्रे, गुर्जो, अन्डा, गेडागुडी, खाद्यान्न लगायतको सामाग्रीहरु हस्तान्तरण गरिएको लामाले जानकारी दिए । ती सामग्री वडा कार्यलय र स्वास्थ्य कार्यलयमार्फत संक्रमितहरुलाई तथा साबिक सबै वडाको प्रत्येक घर धुरीमा बितरण गर्ने गरी हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै वडा अध्यक्ष बिरबल लामाले बिपतको बेला गाउँबासीलाई सहयोग गर्नु हुने देश बिदेसमा रहनुहुने मनकारी सहयोगी तथा अभियानमा खट्नु हुने सम्पूर्ण युवा पङ्ति लाई हार्दिक आभार सहित बिषेश धन्यवाद दिदै आगामि दिनमा पनि सहयोगको गरेको बताए । त्यसैगरी अभियान टोलीको तर्फबाट जितराम लामाले आफ्नो जन्मभूमिलाई समस्या संकट पर्दा अभियानमा जुटेर सहयोग गर्न पाउदा खुसी भएको र यो अभियान निरन्तर चल्ने तथा वडा कार्यालयमा अक्सिजन सहितको बेड बनाउनेसम्मको लक्ष्य रहेको बताए ।

उक्त कार्यक्रममा प्रभा एल्मुनाईका सचिव गोकुल गौतमले पनि आफ्नो संस्था सदैव संकटमा परेका जनताको सेवा र सहयोगको लागि लागिरहने बताए । संस्थाले गाउँपालिकाकासबै वडा, प्रभा उच्च माबि तथा चौरी देउरालीपालिकालाई समेत पुग्ने गरि स्वास्थ्य सामग्री ल्याएको जानकारी दिए । उनका अनुसार सहयोग संकलन भईरहेको र बाँकी रकमले पालिकास्तरको हस्पिटलमा आवश्यक स्वास्थ्य सामाग्री दिने योजना रहेको उनको भनाई छ ।

उक्त कार्यक्रमा अभियान टोलीबाट युबा समाजसेवी तथा नेताहरु क्षितिज लामा, कर्म लोप्साङ लामा, नरेश वाईबा, प्रभा एल्मुनाईको तर्फबाट उपाध्यक्ष सुक प्रसाद चौलागाईं सचिब गोकुल गौतम, वडा सदस्य निमा लामा प्रकाश चौलागाईं लगाएतको सहभागी रहेको थियो ।

6045
Shares

ट्रेन्डिङ