सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा ९८ जना निको भए, १७५ जना थपिए

काभ्रेमा ९८ जना निको भए, १७५ जना थपिए

5775
Shares
काभ्रेमा ९८ जना निको भए, १७५ जना थपिए

काभ्रे : काभ्रेमा आज ९८ जना कोरोना सं क्रमित निको भएका छन् । १७५ जना नयाँ सं क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा काभ्रेका २ सहित तीन जना सं क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बनेपा नगरपालिकाका ५० बर्षीय पुरूष, पनौती नगरपालिकाका ५३ बर्षीय महिला र ललितपुर जिल्ला घर भएका ३१ बर्षीय पुरूष छन् । तीनै जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो ।

आज थपिएका सं क्रमितमा सबैभन्दा बढी तेमाल गाउँपालिकाका ३० जना महिला र २७ जना पुरुष रहेका छन् । त्यसैगरि मण्डनदेउपुर नगरपालिकाका १७ जना महिला र १४ जना पुरुष, भुम्लु गाउँपालिकाका १८ जना पुरुष र ८ जना महिला, बनेपा नगरपालिकाका १२ जना पुरुष र ९ जना महिला, पाँचखाल नगरपालिकाका १२ जना पुरुष र ६ जना महिला, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र १ जना महिला छन् ।

चौरीदेराली गाउँपालिका २ जना महिला र १ जना पुरुष, रोशी गाउँपालिकाका ३ जना पुरुष र २ जना महिला, बेथानचोक गाउँपालिकाका ४ जना पुरुष र २ जना महिला खानीखोला गाउँपालिकाका ३ जना पुरुष र १ जना महिला र महाभारत गाउँपालिकाका १ जना पुरुष सं क्रमित भएका छन् ।

योसँगै जिल्लामा सक्रिय सं क्रमितको संख्या २५ सय ८२ पुगेको छ । जसमा १ सय ३० जना अस्पतालको आईसोलेसनमा  र २४ सय ४२ जना होम आईसोलेसन रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले  जानकारी दिनुभयो ।

5775
Shares

ट्रेन्डिङ