सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आनि छोइङ डोल्मा र प्रारम्भ सामाजिक सस्थाबाट चार नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

आनि छोइङ डोल्मा र प्रारम्भ सामाजिक सस्थाबाट चार नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

5320
Shares
आनि छोइङ डोल्मा र प्रारम्भ सामाजिक सस्थाबाट चार नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे : आनि छोइङ डोल्मा फाउन्डेसनको सहयोग तथा नेपाल पत्रकार महासङघ काभ्रे शाखाको समन्वयमा पनौती र बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आज फाउन्डेसनद्वारा अक्सिजन कन्सनट्रेटर दुई-दुई थान, पिपिई २०÷२० थान सेट, पल्स अक्सिमिटर पाँच /पाँच थान हस्तान्तरण गरिएको हो ।

फाउन्डेसनकी आनि छोईङ डोल्माले पनौती नगरपालिकामा वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी र बनेपामा प्रमुख प्रशासकीय प्रमुख कविराज उप्रेतीलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवम् सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्री लगाएको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा डोल्माले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको सिफारिशमा पनौती र बनेपामा स्वास्थ्य सामग्री दिएको बताउनुहुँदै विपत्तिको समयमा स्थानीय तहलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कोरोनाको महामारीको समयमा नगरलाई अतिआवश्यक स्वास्थ्य सामग्री दिएकोमा दुबै नगरपालिकाले धन्यवाद दिएका थिए ।

यसअघि पत्रकार महासंघ काभ्रे शाखा कै पहलमा धुलिखेल र पाँचखाल नगरपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मंगलबार प्रारम्भ सामाजिक संस्थाले अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० थान सेट, पल्स अक्सिमिटर पाँच -पाँच थान हस्तान्तरण गरेको थियो ।

प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष एवम सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्रीले धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जु र पाँचखाल नगरप्रमुख महेश खरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो। हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, नेपाल महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

5320
Shares

ट्रेन्डिङ