सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

6800
Shares
पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौं, १५ जेठ : सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए ।

पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाइएको उनले बताए । जागिर खोसिएका पत्रकारहरुका लागि सरकारले लेखनवृत्ति समेत उपलब्ध गराउने भएको छ । यस्तै, सरकारले सञ्चारग्राममा प्रेस संग्राहलय समेत निर्माण गर्ने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको उनले बताए । डिजिटल नेपाल फ्रमेवर्क कार्यान्वयन गरिने र डिजिटल अर्थतन्त्रको विकास गरिने अर्थमन्त्री पौडेलले बताए ।

6800
Shares

ट्रेन्डिङ