सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निजामती कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?

निजामती कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?

10280
Shares
निजामती कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं, १५ जेठ : सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजारले बढाएको छ । सरकारले आव २०७८/८९ साउन १ गतेदेखि लागू हुने गरी सबै निजामती कर्मचारीको सुरुको तलवमानमा मासिक दुई हजारले तलब बढाएको हो ।

निजामती कर्मचारीका आधिकारिक ट्रेड युनियनले २५ देखि ३५ प्रतिशत तलबवृद्धिको माग गरेका थिए । तर, अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ संक्रमणका कारण अन्य खर्चमा चाप परेको बताए । निजामती कर्मचारीको तलबमान र अरू सेवा–सुविधाबारे सुझाब पेस गर्न ‘पे कमिसन’ गठन गरिने भएको छ ।

उनका अनुसार निजामती कर्मचारीलाई १० लाख दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा गरिने भएको छ । स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गरिने भएको छ ।

सरकारले यसअघि २०७६/०७७ सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरुको तलबमानमा राजपत्रअनंकित श्रेणीका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशतले तलब वृद्धि गरेको थियो ।

गत आवमा सरकारले भत्ता त बढाएन । तर, राष्ट्रसेवक कर्मचारीका सन्तानको उच्च शिक्षा र तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋणको घोषणा भएको थियो । त्यसैगरी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको एक वर्षका लागि निःशुल्क कोभिड बिमा गरिएको थियो ।

बढेको तलब
दर्जा हालको तलब वृद्धिपछि आउने तलब
मुख्यसचिव ६५१४० ६७१४०
सचिव ६०६८० ६२६८०
सहसचिव ४७३८० ४९३८०
उपसचिव ४०३८० ४२३८०
शाखा अधिकृत ३५९९० ३७९९०
नायबसुब्बा २८२०० ३०२००
खरिदार २६६१० २८६१०
कार्यालय सहयोगी २६५७० २८५७०

नोट : यो न्यूनतम तलबमान हो । यसमा ग्रेड र अन्य सेवासुविधा समावेश गरिएको छैन ।

10280
Shares

ट्रेन्डिङ