सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा १६८ जना निको भए, ५८ जना थपिए

काभ्रेमा १६८ जना निको भए, ५८ जना थपिए

6855
Shares
काभ्रेमा १६८ जना निको भए, ५८ जना थपिए

काभ्रे : काभ्रेमा एकैदिन १६८ जना कोरोना सं क्रमित निको भएका छन् । आज ५८ जना नयाँ सं क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज थपिएका सं क्रमितमा सबैभन्दा बढी पाँचखाल नगरपालिकाका महिला र पुरुष १६/१६ जना रहेका छन् । त्यसैगरि मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला, रोशी गाउँपालिकाका ७ जना पुरुष र ३ जना महिला, धुलिखेल नगरपालिकाका २ जना पुरुष र १ जना महिला, बनेपा नगरपालिकाका  २ जना महिला र १ जना पुरुष, भुम्लु गाउँपालिकाका २ जना पुरुष र चौरीदेराली गाउँपालिकाका १ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या २३ सय ७२ मा झरेको छ । जसमा १४३ जना अस्पतालको आईसोलेसनमा र २२ सय १९ जना होम आईसोलेसनमा छन् । आज धुलिखेल अस्पतालमा म्याग्दी जिल्ला घर भएकी ८२ बर्षीय महिलाको उपचारका क्रममा मृ त्यु भएको छ ।

6855
Shares

ट्रेन्डिङ