सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका कुन पालिकाले कति पाए बजेट ? हेर्नुस्

काभ्रेका कुन पालिकाले कति पाए बजेट ? हेर्नुस्

12060
Shares
काभ्रेका कुन पालिकाले कति पाए बजेट ? हेर्नुस्

काभ्रे : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहरूले पाउने बजेट पनि विनियोजन गरेको छ । काभ्रे जिल्लाका १३ वटा स्थानीय तहका लागि आगामी आर्थिक ४ अर्ब ८२ करोड ९७ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

६ वटा नगरपालिका रहेका काभ्रेमा सबैभन्दा बढी बनेपा नगरपालिकाले ५० करोड ६९ लाख रूपैयाँ बजेट पाएको छ । धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, पनौती नगरपालिकाले ४५ करोड ७० लाख, पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख, र मण्डनदेउपुर नगरपालिकाले ४२ करोड ९९ लाख र नमोबुद्ध नगरपालिकाका लागि ३९ करोड २८ लाख बजेट विनियोजन गरिएको छ ।

७ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख पाएको छ भने सबैभन्दा कम खानीखोला गाउँपालिकाका लागि २६ करोड १६ लाख बजेट विनियोजन गरिएको छ ।

चौरीदेउराली गाउँपालिकाले ३४ करोड ९२ लाख, तेमाल गाउँपालिकाले ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकालाई २६ करोड ७० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

भुम्लु गाउँपालिकाले २९ करोड ८८ लाख र महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख बजेट खर्च गर्न पाउने छन् । कुल बजेटको २ अर्ब ६३ करोड ९६ लाख रूपैयाँ नगरपालिकाहरुलाई २ अर्ब १९ करोड १ लाख रूपैयाँ बजेट गाउँपालिकाहरुले खर्च गर्न पाउने छन् ।

12060
Shares

ट्रेन्डिङ