सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • श्रमिक, अपाङ्ग र जेष्ठ नागरिक परिवारलाई खाद्यान्न वितरण

श्रमिक, अपाङ्ग र जेष्ठ नागरिक परिवारलाई खाद्यान्न वितरण

7875
Shares
श्रमिक, अपाङ्ग र जेष्ठ नागरिक परिवारलाई खाद्यान्न वितरण

काभ्रे : काभ्रेको बनेपा र पनौती आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । पनौती बाँसघारी, बनेपा, जनागाल, भैंसेपाटी र नयाँबस्तीमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भोला अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर समितिले दाल, चामल, तेल, नुन, साबुन लगायतका सामान उपलब्ध गराएको हो ।

कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका करिब २५ परिवारलाई अखिल नेपाल ट्रेड युनियन महासंघका भोला अर्याल, नगर ईञ्चार्ज राजन अधिकारी र संयोजक मिनराज केसीको नेतृत्वले खाद्यान्न उपलब्ध गराएको हो ।

एकातिर रोगको चिन्ता, अर्कोतिर दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न परिवारमा निषेधाज्ञा र नगर क्षेत्र शिल गरिएको कारण धेरै समस्यामा परेर चुलो बाल्न समेन कठिन भएकाहरुको पहिचान गरी संंगठनको नेतृत्वमा सामग्री वितरण गरेको ट्रेड युनियन महासंघ बनेपा नगर ईञ्चार्ज राजन अधिकारीले बताउनुभयो ।

शहरी क्षेत्रमा दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरु मध्ये पनि विशेष गरी नगर क्षेत्र शिल गरेपछि कोठामा खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएको नगर संयोजक मिनराज केसीले बताउनुभयो । सो अभियानमा सामान ढुवानीका लागि यातायातको ब्यवस्थापन आर.पि.फर्निचरका सञ्चालक पुरुषोत्तम नेपालले गर्नुभएको थियो ।

कोरोना कहरका कारण संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारले निषेधाज्ञाका गर्नुका साथै नगर क्षेत्र नै शिल गरेपछि नगर क्षेत्रमा विभिन्न ठाउँबाट आएर श्रम गरी परिवार पाल्दै आएका मजदुरहरुको पेशा नै रोकिएपछि उहाँहरुको परिवार पाल्न समेत समस्या झेल्दै आएका छन् ।महामारीमा रोगले भन्दा पनि भोकले नागरिक समस्यामा नपरुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघले जनाएको छ ।

7875
Shares

ट्रेन्डिङ