सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा ३८५ जना निको भए, २०६ जना थपिए

काभ्रेमा ३८५ जना निको भए, २०६ जना थपिए

4950
Shares
काभ्रेमा ३८५ जना निको भए, २०६ जना थपिए

काभ्रे : काभ्रेमा एकैदिन ३८५ जना कोरोना सं क्रमित भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरैले कोरोना सं क्रमित निको भएका हुन् । आज २०६ जना सं क्रमित थपिएका छन् ।

थपिएका सं क्रमितमा सबैभन्दा बढी पाँचखाल  नगरपालिकाका २४ जना पुरुष र १८ जना महिला रहेका छन् । रोशी गाउँपालिकाका २१ जना पुरुष र २० जना महिला, बनेपा नगरपालिकाका १८ जना पुरुष र १७ जना महिला, पनौती नगरपालिकाका महिला र पुरुष १३/१३ जना रहेका छन् ।

मण्डनदेउपुर नगरपालिकाका ८ जना पुरुष र ६ जना महिला, बेथानचोक गाउँपालिकाका ७ जना पुरुष र ६ जनामहिला, भुम्लु गाउँपालिकाका ७ जना पुरुष र ४ जना महिला, धुलिखेल नगरपालिकाका ६ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका ६ जना पुरुष र २ जना महिला, चौरीदेराली गाउँपालिकाका ६ जना पुरुष र २ जना महिला र तेमाल गाउँपालिकाका १ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा  कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या २२ सय २७ मा झरेको छ । १४३ जना अस्पतालको आईसोलेसनमा र २ हजार ८४ जना होम आईसोलेसनमा छन् ।

4950
Shares

ट्रेन्डिङ